News Category 2075/12/11

छोराको खुकुरी प्रहारबाट बुबा गम्भिर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ चैत ।    
    सप्तरीको रुपनी गाउँपालिकामा घरायसी विवादका कारण झगडा हुँदा छोराले बुबालाई खुकुरी प्रहार गर्दा बुबा गम्भिर घाइते भएका  छन् । 
    सो गाउँपालिका २ निवासी १८ वर्षिय छोरा शिव शंकर खंगले खुकुरी प्रहार गर्दा ४५ वर्षीय बुबा राम किशुन खंग गम्भिर घाईते भएका हुन् । गम्भिर घाईते भएका रामको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको छ । 
    यता खुकुरी प्रहार गरेर  शिव शंकर फरार रहेकोले उनको खोज तलाश भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस