News Category 2075/12/12
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर संघ सप्तरीबाट २५ हजार बढी संकलन
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
अम्पायर संघ सप्तरीले पूर्व क्रिकेटर सिरहा निवासी नारायण खड्काको स्वास्थ्य उपचारका लागि आर्थिक रकम संकलन गरेको छ ।
अन्तर्राष्ट्रिय स्कोरर तथा पुर्व क्रिकेटर, पुर्व क्षेत्रिय क्रिकेट बिकास समिति ७ का सचिव खडकाको दुबै किडनी फेल भएकोले उनको स्वास्थ्य उपचारका लागि सप्तरीका पदाधिकारीहरुबाटै २५ हजार ८ सय ५१ रुँपैया संलकन गरिएको जनाइएको छ ।
विगत दुई महिनादेखी अस्पतालमा उपचारार्थ रहेकोले थप उपचारका लागि आर्थिक अभाव भएकोले संघले पहिलो दिनको आर्थिक संकलन अभियान अन्तर्गत संघ तथा पदाधिकारीहरूले सो रकम संकलन गरेको हो ।
अम्पायर सघ सप्तरीले ६ हजार ५ सय, संघका पदाधिकारी तथा सदस्यहरू मनोज साहले २ सय ५ सय, शम्भु दासले २ हजार ५ सय, निरज सिंहले २ हजार १ सय, रोशन मण्डलले २ हजार ५ सय, योगेश देबले २ हजार ५ सय, तुलानाथ माझीले १ हजार ५ सय, चन्दनकुमार यादबले १ हजा ५ सय, उज्जवल यादबले १ हजार ५ सय, संजिव शर्माले १ हजार १ सय, धर्मेन्द्र चौधरीले १ हजार १ सय र संजय कार्कीले ५ सय ५१ रुँपैयाको सहयोग गरेका छन् ।
संघका अनुसार अन्य कसैले आर्थिक सहयोग गर्न चाहेमा संघका अध्यक्ष निरज सिंहको मोबाइल नं. ९८०५९८१३८४, सचिव चन्दन यादबको मोवाइल नं. ९८४२९५७९११, ९८१९९५५६१६ तथा सदस्य शमभु दासको मोवाइल नं. ९८६११५५७७३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ