News Category 2075/12/12
विप्लवका तीन जिल्ला सदस्य पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
नेत्र विक्रम चन्द (विप्लव) समूहका सप्तरीका तीन जना नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेज नारायण यादव रहेका छन् ।
पक्राउ पर्ने तीनै जना विप्लव समूहका जिल्ला कमिटीका सदस्य हुन् । उनीहरुलाई जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको डिएसपी भावेश रिमालले बताए ।
पक्राउ परेकाहरुलाई मंगलबारै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई आवश्यक अनुसन्धान थालिएको डिएसपी रिमालले जानकारी दिएका छन् ।
सरकारले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई प्रतिबन्ध लगाएर नियन्त्रणमा लिने रणनीति अनुसार जिल्ला जिल्लामा निर्देशन जारि गरेपछि धमाधम सो पार्टीका नेता कार्यक्र्ता पक्राउ पर्न थालेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ