News Category 2075/12/12
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले मापदण्ड विपरीत संचालित एक पानी उद्योगमा मंगलबार शिलबन्दी गरेको छ ।
राजविराज वडा नं. ५ (हाल ८) मा संचालित रहेको ओम फुड्स एण्ड वेयरेज इन्डष्ट्रिजलाई शिलबन्दी गरिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका निरिक्षक सुरेश सिंहले जानकारी दिएका छन् ।

सो इन्डष्ट्रिज पिउने पानी निर्देशिका २०७४ बमोजिमको नरहेको, उद्योगमा अटोमेटिक फिल्टर प्लान्ट जडान नभएको, निर्देशिका अनुसार पिउने पानी बोतलमा प्याकिङ गर्ने स्थानमा सरसफाई नदेखिएको तथा भौतिक संरचना समेत निर्देशिका अनुसार नपाइएकोले शिलबन्दी गरिएको निरिक्षक सिंहले बताए ।

राजविराज नगर क्षेत्रमा पिउने पानी उद्योग तीन वटा संचालनमा रहेकोमा मंगलबार एउटा उद्योगमा शिलबन्दी गरिएको उनले बताउँदै सप्तरीमा ११ वटा त्यस्ता उद्योग संचालनमा रहेको जानकारी दिए ।

सो अनुगमन टोलीमा उद्योग बाणिज्य संघका गौरी शंकर साह, उपभोक्ता मञ्च नेपालका अध्यक्ष शत्रुहन प्रसाद देव, वडा अध्यक्ष जयनारायण मण्डल, संचारकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ