News Category 2075/12/12
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले मापदण्ड विपरीत संचालित एक पानी उद्योगमा मंगलबार शिलबन्दी गरेको छ ।
राजविराज वडा नं. ५ (हाल ८) मा संचालित रहेको ओम फुड्स एण्ड वेयरेज इन्डष्ट्रिजलाई शिलबन्दी गरिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका निरिक्षक सुरेश सिंहले जानकारी दिएका छन् ।

सो इन्डष्ट्रिज पिउने पानी निर्देशिका २०७४ बमोजिमको नरहेको, उद्योगमा अटोमेटिक फिल्टर प्लान्ट जडान नभएको, निर्देशिका अनुसार पिउने पानी बोतलमा प्याकिङ गर्ने स्थानमा सरसफाई नदेखिएको तथा भौतिक संरचना समेत निर्देशिका अनुसार नपाइएकोले शिलबन्दी गरिएको निरिक्षक सिंहले बताए ।

राजविराज नगर क्षेत्रमा पिउने पानी उद्योग तीन वटा संचालनमा रहेकोमा मंगलबार एउटा उद्योगमा शिलबन्दी गरिएको उनले बताउँदै सप्तरीमा ११ वटा त्यस्ता उद्योग संचालनमा रहेको जानकारी दिए ।

सो अनुगमन टोलीमा उद्योग बाणिज्य संघका गौरी शंकर साह, उपभोक्ता मञ्च नेपालका अध्यक्ष शत्रुहन प्रसाद देव, वडा अध्यक्ष जयनारायण मण्डल, संचारकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ