News Category 2075/12/13
६ परीक्षार्थी, पाँच निरीक्षक र चार नक्कली कार्यालय सहयोगि पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा बुधबार अनिवार्य गणित परीक्षामा ६ परीक्षार्थी, पाँच निरीक्षक तथा चार नक्कली कार्यालय सहयोगि पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरु परीक्षार्थीहरुमा महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु रामले चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए ।
यस्तै जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत परीक्षा सकिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ । पहिलो दिन फेला परेको मोबाइल उनीहरूको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोबाइल प्रयोग गरी भाइबर, वाट्सअप र फेसबुकको च्याट म्यासेञ्जरबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उत्तर पुस्तिकामा उतार गर्ने गरिएको पाइएको छ । कमलेश्वरी किशुन झालाई मावि वनरझुला केन्द्रमा मोबाइललगायत फ्लाप कपीबाट चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पनि पक्राउ परेका छन् ।
यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ ।
त्यस्तै चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा खडक नगरपालिका ४ का देवनारायण मण्डल, खडक ९ का मनोजकुमार चौधरी र खडक १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका ४ का लगेन्द्रप्रसाद चौधरी र सुरुङ्गा ८ का रामानन्द चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । परीक्षा अमर्यादित भएको विषयमा केन्द्राध्यक्ष रामअवतार गुप्तालाई समेत राजविराज झिकाइ सोधपुछ गरिएको छ ।
त्यस्तै बनरझुला केन्द्रवाट चार जना नक्कली कार्यालय सहयोगी रामनन्द चौधरी, रामसुन्दर चौधरी, लगेन्द्र प्रसाद चौधरी र देब नारायण मण्डल पक्राउ परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ