News Category 2075/12/14
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
एसईई परीक्षा अन्तरगत बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षाको प्रश्नपत्र बुधबार राती नै बाहिरिएको पुष्टि भएपछि सो परिक्षा रद्द गरिएको छ ।
परिक्षा अगावै प्रश्नपत्र बाहिरिपछि प्रदेश २ को ८ वटै जिल्लाको विज्ञान विषयको परिक्षा रद्द गरिएको हो । रद्द गरिएको विज्ञान विषयको परिक्षा पुनः आगामी २२ चैतमा लिइने छ ।
यसअघि जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को चौथो दिन बिहिवार विज्ञान विषयको परिक्षा अगावै प्रश्नपत्र बाहिरिएछि बिहिवारै बसेको जिल्ला परीक्षा समन्वय समिति सप्तरीको बैठकले विज्ञान विषयको परीक्षा रद्द गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताए ।
यता प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माका अनुसार बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षामा परिक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सन्दर्भमा विभिन्न जिल्लाबाट आएको सिफारिसको आधारमा यस्तो निर्णय गरिएको बताए ।
सप्तरीमा यसपल्ट कायम गरिएको ३४ वटा परीक्षा केन्द्रबाट ८ हजार ७ सय ९८ परीक्षार्थी परीक्षा दिइरहेका छन् भने विज्ञान विषयको परिक्षा रद्द भएपछि प्रदेश २ मा परिक्षा दिइरहेका ७० हजार ५ सय ६८ विद्यार्थीहरु निराश भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ