News Category 2075/12/17
रेशम चौधरी लगायत ११ जनाको मुद्दा खारेजीको माँग गर्दै प्रमलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
प्रतिनिधि सभा सदस्य पदको शपथ लिएका रेशमलाल चौधरीसहित ११ जनामाथी लागेको जन्मकैदको मुद्दा खारेज लगायतको ११ बुँदे माँग अघि सार्दै आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
“रेशम चौधरी बचाऔ”ं अभियान संघर्ष समितिका संयोजक रमाकान्त चौधरी (राज थारु)को अगुवाईमा ¥याली निकाल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाइएको हो ।

स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको संघर्ष समितिको ¥यालीमा रेशम चौधरीसहित ११ जना थरुहट आन्दोलनकारीमाथी लागेको जन्मकैदको मुद्दा खारेजी गरी अविलम्ब रिहा गर, थरुहट आन्दोलनका क्रममा भएका सम्झौता संविधान संशोधन गरेर कार्यान्वयन गर, टिकापुर घटना छानबिनका लागि बनेका विभिन्न छानबिन समिति र आयोगको प्रतिवेदन सार्वजनिक गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकी उनीहरु जिल्ला प्रशासन कार्यालय पुगि ज्ञापनपत्र बुझाएका थिए ।
यस्तै ज्ञापनपत्रमा राजनीतिक मुद्दामा अदालतले ११ जनालाई गरेको जन्म कैदको फैसलाप्रति आपत्ति जनाउँदै माँग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिइएको छ ।
टिकापुर घटनाको विषयमा कैलाली जिल्ला अदालतले सासंद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेपछि सो अदालतको फैसला र सरकारको भूमिकाप्रति तिब्र असन्तुष्टि जनाउँदै थारु समुदाय जिल्ला जिल्लामा संघर्ष समिति गठन गरि आन्दोलनको तयारी गरिरहेको संयोजक चौधरीले बताए ।
यता ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ