News Category 2075/12/18
राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
राजविराज विमानस्थलबाट सोमबारदेखी उडान सेवा ठप्प भएको छ ।
पटक पटक बन्द अनी संचालन हुँदै आएको विमानस्थल नौं महिना अघि असार १० गतेदेखी निकै तामझामका साथ संचालनमा आएको थियो । यसअघि जेठ ९ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रविन्द्र अधिकारीले नवनिर्मित रनवे उद्घाटन गरेका थिए ।
विगतमा धावनमार्ग पक्की नभएको त कहिले यात्रुको अभाव भएको वहानामा उडान सेवा बन्द हुने गरेकोमा यस पटक जहाज मेन्टिनेन्सको नाममा पूर्वसूचना बिनै उडान सेवा बन्द गरिएको हो ।
नागरिक उड्ययन कार्यालय राजविराजका प्रमुख भिमदत्त पन्तले काठमाडौंका लागि उडान भर्ने श्री एयरलाइनसको जहाज मेन्टिनेन्सका लागि उत्तै राखिएकाले उडान रद्द गरिएको जानकारी दिएका छन् । जहाज मेन्टिनेन्स कार्य पुरा हुन करिब १५ दिन अझैं समय लाग्न सक्ने भएकाले त्यस अवधीसम्म उडान सेवा बन्द रहने उनको भनाइ छ ।
यता काठमाडौं यात्राका लागि टिकट काटेर विमानस्थल पुगेका यात्रुहरुलाई अचानक राजविराज नागरिक उड्ययन कार्यालयका कर्मचारीले जहाज मर्मतका लागि राखिएकाले उडान नभर्ने बताएपछि यात्रुहरु निरास र आक्रोसित भएका थिए ।
श्री एयरलाइन्सले सुरुमा साताको ५ दिन सेवा दिँदै आएको थियो । त्यसपछि घटाएर साताको बुधबार, शुक्रबार र सोमबार गरि तीन दिन मात्र सेवा दिन थालेको थियो । यात्रुको चाप निरन्तर बढ्दै गएपनि सेवा कटौती गर्दै लगेका श्री एयरलायन्सले पछिल्लो पटक सोमबार बिना पूर्व जानकारी नै जहाज मर्मतको नाममा लामो समयका लागि सेवा ठप्प गरेको खबर फैलिएपछि स्थानियवासी आक्रोसित भएका छन् ।
पछिल्लोपटक २०६५ सालदेखि पुरै वन्द रहेको यस विमानस्थललाई पुनः संचालनमा ल्याउन सरकारले ३० करोड ३० लाख ६४ हजार ५२८ रुपैयाँ खर्चेर १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडा धावन मार्ग पक्कि निर्माण कार्य सम्पन्न गराएको थियो । यस्तै ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन, ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सि वे कालोपत्रे गर्ने कार्य पनि सम्पन्न भएपछि नियमित उडानको वाटो खुलेको हो ।
राजविराजवाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन मन्त्री गणेशमान सिंहले उदघाटन गरेका थिए । तर, विमानस्थल पक्कि धावन मार्ग नहुँदा पटक पटक संचालनमा आउने र वन्द हुने नियति भोग्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ