News Category 2070/03/08
कर्मचारीहरुकै संलग्नतामा लुकाइएको ठूलो परिमाणको काठ बरामद कर्मचारीबीच हलचल, क्षेत्रिय कार्यालयको टोली सप्तरीमा
दैनिक संवाददाता
राजविराज, ७ असार ।
सप्तरीको रुपनगर गाविसबाट लुकाएर राखिएको ठूलो परिमाणको काठ बरामद भएको छ । बाँसघारी, खाल्डो खनेर तथा झाडीमा लुकाएर राखिएको लगभग एक सय २४ क्यूबिक फिट काठ बरामद भएको हो ।
श्रोतका अनुसार वन समितिका पदाधिकारी, रेञ्जपोष्ट तथा इलाका वन कार्यालयका कर्मचारीहरुको मिलोमतोमा वन क्षेत्रबाट काठ ल्याइएको र उनीहरुबीच लेनदेनको कुरा नमिल्दा काठ बरामद भएको हो । ‘कर्मचारी अथवा समितिकै पदाधिकारीहरुले काठ राखेकोबारे जानकारी गराएको हुन सक्छ’ श्रोतले भन्यो, ‘पहिला नै लेनदेनको कुरा नमिल्दा उनीहरुबीच विवाद भएर लुकाइएको काठ फेला परेको हो ।’
रुपनगर गाविस ६ स्थित बाँसघारीबाट ११ थान, खाल्डोमा गाडिएको २ थान र घाँसपातको झारीमा लुकाएर राखिएको चार थान गोलिया काठ मंगलबार तथा बुधबारमा फेला पारिएको हो । काठ फेला परेपनि कर्मचारी तथा समितिका पदाधिकारीहरुले यो कुरालाई लुकाएर बाहिर आउन नदिने प्रयासमा थिए, श्रोत भन्छन्, ‘केहि स्थानीयहरुले समेत सुइँको पाएपछि अहिले यो काठलाई इलाका वन कार्यालय कंचनपुरमा राखिएको छ ।’
ठूलो परिमाणको काठ लुकेको अवस्थामा फेला परेपछि वन सम्बन्धी निकायहरु जुर्मुराएका छन् । जिल्ला वन कार्यालय राजविराजसहित पुर्वाञ्चल क्षेत्रिय कार्यालयको प्रतिनिधी रुपनगर पुगेको छ । ‘जिल्ला तथा क्षेत्रिय कार्यालयबाट प्रतिनिधीहरु यहाँ आएका छन्, इलाका वन कार्यालय कंचनपुरका अधिकृत रामप्रसाद रामले भन्नुभयो, अनुसन्धान शुरु भइसकेको छ ।’
वन समितिका पदाधिकारी, वन कर्मचारीहरुको संलग्नतामा काठ लुकाइएको भन्ने बिषयमा जिज्ञासा राख्दा रामले अहिले तत्काल केहि भन्न नसकिने बताउनुभयो ।
यद्यपी स्थानीयस्तरमा कर्मचारी तथा समितिकै पदाधिकारीहरुको मिलोमतोमा यत्रो काठ तस्करी गरिएको हुन सक्ने चर्चा व्यापक छ । रुपनगरका समाजसेवी देवनारायण श्रेष्ठले कर्मचारीको संलग्नता बिना यत्रो काठ वन क्षेत्रबाट बाहिर आउन नसक्ने भएकाले यसको दह्रो रुपमा अनुसन्धान गरिनुपर्ने बताउनुहुन्छ ।
पछिल्लो पटक वन क्षेत्रबाट दाउरा समेत ल्याउन रोक लगाएको अवस्थामा वन नै सखाप हुने गरी भएको यो घट्नाले सबैलाई झस्काएको छ । यस सम्बन्धमा जिल्ला वन कार्यालयका कर्मचारीहरुसँग सम्पर्क गर्दा हुन सकेन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ