News Category 2075/12/23
एकै रात पाँच जनाको घरमा लाखौंको चोरी
राजविराज÷सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ का पाँच घरबाट नगदसहित लाखौको गरगहना चोरी भएको छ ।
शुक्रबार राती चोरहरुले चाँदीको कडा, सिक्री, पाउजु, सुनको फूली, एल.सि.डी., मोवाईल लगायतको सरसमान चोरेर लगेका छन् ।
स्थानिय सरोज सरदारको ३२ ईन्चको एल.सि.डी. १ थान, मोवाईल १ थान, चाँदीको गहना ४५ तोला, सुन २ आना, नगद ४० हजार, अण्डा १ कार्टुन, टर्च लाईट, घडी लताकपडा गरि एक लाख २२ हजार मुल्य बराबरको चोरेर लगेका हुन् ।
यस्तै राम वावु सरदारको चाँदीको गहना ११ तोला र नगद पाँच हजार गरी १५ हजार वरावरको चोरी भएको छ । यस्तै गुजरी देवी सदाको घरमा सिन खनेर वाकासमा राखेको ६० तोलाको चाँदीको गहना, सुन २ आना, नगद पाँच हजार गरी करिव ६० हजार धनमाल चोरी भएको छ ।
यसैगरी सुखरी सदाको २० तोला चाँदी र लताकपडा गरी लगभग १६ हजार चोरी भएको जनाएको छ । चोरहरुले सियालाल सरदारको घरमा समेत केही गरगहना र लताकपडा चोरेको स्थानीयले वताएका छन । चोरहरुले वाँकास उठाएर लगी नजिकै खेतमा लगेर ताल्चा फोरी गरगहना, नगद लगायतका सरसामान लगेर वारीमा वाँकास छोडेको पीडितहरुले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ