News Category 2075/12/24
दुई प्रमुखले डिभिजन कार्यालयमा गर्न खोजेको तालाबन्दी असफल
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्याएको बजेटमा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले मनोमानी गरेको भन्दै आइतबार राजविराजस्थित सो कार्यालयमा दुई स्थानिय तहका प्रमुखले तालाबन्दी गर्न खोजेको प्रयास असफल भएको छ ।
सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव र खडक नगरपालिकाका मेयर हेमायु हकसहित एक दर्जन वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुले डिभिजन कार्यालयमा तालाबन्दी गर्न पुगेपछि प्रहरीले सो कार्य गर्नबाट रोकेको छ ।
जिल्लाको खडक र बिहुल नदी नियन्त्रणका लागि चार÷चार करोड बजेट आएपनि त्यस सम्बन्धी कुनै जानकारी नदिई कार्यालय प्रमुखले आफैमा सीमित राख्न खोजेको मेयर यादवको आरोप छ । उनले भने, “संघीय सरकार तथा प्रदेश सरकारले सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्याएको बजेटमा डिभिजन कार्यालयले मनोमानी गरेकोले तालाबन्दी गर्न खोजिएको हो ।”
उनले नगरपालिका क्षेत्रभित्र संचालन भइरहेको योजना बारेमा आफूहरुलाई कुनै जानकारी समेत नभएको तथा सो योजनाको विवरण माग गर्दा पनि कार्यालयले उपलब्ध नगराएको गुनासो गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ