News Category 2075/12/24
दुई प्रमुखले डिभिजन कार्यालयमा गर्न खोजेको तालाबन्दी असफल
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्याएको बजेटमा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले मनोमानी गरेको भन्दै आइतबार राजविराजस्थित सो कार्यालयमा दुई स्थानिय तहका प्रमुखले तालाबन्दी गर्न खोजेको प्रयास असफल भएको छ ।
सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव र खडक नगरपालिकाका मेयर हेमायु हकसहित एक दर्जन वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुले डिभिजन कार्यालयमा तालाबन्दी गर्न पुगेपछि प्रहरीले सो कार्य गर्नबाट रोकेको छ ।
जिल्लाको खडक र बिहुल नदी नियन्त्रणका लागि चार÷चार करोड बजेट आएपनि त्यस सम्बन्धी कुनै जानकारी नदिई कार्यालय प्रमुखले आफैमा सीमित राख्न खोजेको मेयर यादवको आरोप छ । उनले भने, “संघीय सरकार तथा प्रदेश सरकारले सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्याएको बजेटमा डिभिजन कार्यालयले मनोमानी गरेकोले तालाबन्दी गर्न खोजिएको हो ।”
उनले नगरपालिका क्षेत्रभित्र संचालन भइरहेको योजना बारेमा आफूहरुलाई कुनै जानकारी समेत नभएको तथा सो योजनाको विवरण माग गर्दा पनि कार्यालयले उपलब्ध नगराएको गुनासो गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ