News Category 2075/12/24

सर्पदंशबाट बृद्धाको ज्यान गयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
    गर्मी र वर्षाको सुरुवातसँगै सप्तरीमा सर्पदंशको घटना पनि सुरु भएको छ । 
    प्रहरीका अनुसार सर्पको टोकाईबाट डाक्नेश्वरी नगरपालिका १० बनौलाकी ८० वर्षीया वृद्धा फुलकुन देवी ठाकुरको मृत्यु भएको हो । 
    शनिवार राती बिषालु सर्पको टोकाईबाट सिकिस्त भएकी उनलाई उपचारका लागि लहानस्थित राउ स्मारक अस्पतालमा लगिएको थियो । 
    उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट