News Category 2075/12/24
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सप्तरीमा आत्महत्याको घटनामा बृद्धी भइरहेको बेला आइतबार थप एक यूवाले आत्महत्या गरेका छन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी २१ वर्षिय घनश्याम यादवले यसरी हात्महत्या गरेका हुन् । बिहान ७ बजेतिर आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
स्विटरको पासो घाँटीमा लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो दुई महिना यता सप्तरीमा झुण्डिएर र विष सेवनगरि ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । यसरी आत्महत्या गर्नेहरुमा ११ पुरुष र ४ महिला रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
प्रहरी तथ्यांक अनुसार गत साउनदेखि चालु आ.ब.को हालसम्ममा जिल्लामा कुल ४४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलाको संख्या २३ र पुरुषको संख्या २१ रहेको छ ।
यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । त्यसपछि गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्याको कारक बन्ने गरेको पाइएको छ ।
कतिपय केशमा उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भारले थिचिदै जाँदा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक तथा प्रहरी अधिकारीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ