News Category 2075/12/26
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
गैसस महासंघ नेपाल सप्तरीले मंगलबार नवनिर्वाचित केन्द्रिय पदाधिकारीहरुको सम्मानमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
आयोजित अन्तरक्रिया कार्यक्रममा गैससहरुको सबलीकरण, क्षमताबृद्धि, तीनै तहको सरकारसँग समन्वय गरि गैससहरुको कामकाज अगाडी बढाउने लगायतका विषयमा छलफल समेत भएको थियो ।
गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघ नेपाल केन्द्रीय समितिका निर्बाचित केन्द्रीय बरिष्ठ उपाध्यक्ष ध्रुब देव, महासचिव रामप्रसाद सुवेदी, सचिब उमेश बिश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रदेश नं.१ की इन्चार्ज महेश्वरी राई, प्रदेश १ को अध्यक्ष प्रकाश अधिकारलाई गम्छा र माला लगाएर सम्मान समेत गरिएको छ ।
आयोजित कार्यक्रममा केन्द्रिय पदाधिकारीहरुले जिल्लाका गैससहरुको क्षमता विकास गर्नका लागि केन्द्रिय समिति पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सो कार्यक्रममा जिल्लाका गैसस पदाधिकारहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जिल्ला कोषाध्यक्ष बौवालाल यादव तथा स्वागत मन्तव्य जिल्ला सदस्य पार्थो सरकारले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ