News Category 2075/12/26

फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  

दैनिक समाचारदाता

फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  

दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
    संघीय समाजवादी फोरम नेपाल सप्तरीको पालिका स्तरीय अधिवेशन आउँदो वैशाख ५ भित्र गर्ने निर्णय भएको छ । 
    संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष रेणु यादवको विशेष उपस्थितीमा मंलवार राजविराजमा वसेको वैठकले पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।
    यस अघि चैत्र १० गते भित्र वडा, पालिका र जिल्ला समवन्य समिती गठन गर्ने तालिका तय गरेको फोरम नेपाल सप्तरीले क्रियाशिल सदस्यता लगायतका कारण देखाउदै दोश्रो पटक पालिका स्तरीय अधिवेशनको मिती तय गरेको हो । 
    जिल्लाका केन्द्रिय, प्रदेश नेता तथा जिल्ला सचिवालय सहित वसेको संयुक्त वैठकद्वारा पुराना क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण विहिवार १ वजे सम्म गर्ने तथा निर्वाचन समिती गठन गरी सवैवडा तथा पालिकामा निर्वाचन अधिकृत खटाउने समेत निर्णय भएको जिल्ला उपाध्यक्ष कन्तलाल चौधरीले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट