News Category 2075/12/28
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको खडक नगरपालिका ८ ढोलबजा र बोदेबर्साइन नगरपालिका २ नेङ्गरा बैरिया, जोगियाँ जाँजरको पावन भुमिमा लोक नायक दिनाभद्रीको तेस्रो महोत्सव मुसहर समुदायले मनाए । नेपालका विभिन्न जिल्लाहरुबाट आएका मुसहर समुदायको उपस्थितिमा राष्ट्रिय स्तरको तेस्रो मेला महोत्सव मनाइएको हो ।
कार्यक्रमको शुरुवातसँगै मन्त्री, सांसदहरु, दलित अधिकारकर्मीहरु, मुसहर अगुवाहरुले दिनाभद्रीको पावन भुमिमा संकल्प गर्दै दिनाभद्रीको पोखरी, इनार, अतिक्रमण गरिएको जग्गा, तिर धनुष, दिनाभद्री आश्रम, दिनाभद्रीको क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा तथा दिनाभद्रीलाई राष्ट्रिय विभुतिको रुपमा घोषणा गराउन संकल्प गरेका थिए ।
मुसहर समुदायको अगुवाहरु तथा अधिकारकर्मीहरुको सबै भन्दा पछाडी पारिएको मुसहर समुदायको उत्थान गरे पछि मात्र देशको विकास हुने विचार राखेका थिए । नेपाल राष्ट्रिय मुसहर सघंको महासचिव रामस्वरुप सदाले अब मुसहर समुदाय अधिकार प्राप्तिको लागी अगाडी बढीसेकेकाले सरकार मसहरुहरुको मुद्दाहरुप्रति सम्वेदनशील नभए कडा भन्दा कडा आन्दोलन गरी ५० हजार भन्दा बढीको सख्यामा एकै पटक नेपाल भरी अनसन बस्ने चेतावनी दिए ।
सो महोत्सवमा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, रुवी कर्ण, अभिशेष यादव, पुर्व मन्त्री उमेश यादव, बोदे वर्साइनका प्रमुख, खडक नगरपालिका प्रमुख, मुसहर सांसद फुलिया सदाय, पुर्व सांसद असर्फी सदा, नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सद, महासचिव रामस्वरुप सदाय, नगर प्रमुख गंगा पासवान लगायत मुसहर अगुवाहरु, दलित अधिकारकर्मी दादिराम परियार तथा कालाकारहरुको उपस्थिति रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ