News Category 2075/12/29
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
प्रदेश २ का भुमी, ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नीजि क्षेत्र र सहकारी बिकास बिना प्रदेशको समृद्वी र बिकास हुन नसक्ने बताएका छन् ।
शुक्रवार मन्त्रि साहले एक कार्यक्रम बिच नेपाल कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको नव निर्मित कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
मन्त्री साहले सहकारी मार्फत प्रदेशको समृद्वि हुने भएकोले प्रदेश भित्र रहेका १० हजार सहकारी संस्थाहरूको संरक्षण र प्रबद्र्धन गर्न आबश्यक रहेकोले प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश सभामा सहकारी ऐन चाडै पारित हुने र यस मार्फत सहकारीलाई ब्यबस्थित गरि सहकारी मैत्रि प्रदेश बनाउने सरकारको नीति रहेको उनले जिकिर गरे ।
कृषि मजदुरको अभावले किसानहरू लागत मूल्य बमोजिम उत्पादन गर्ने नसकेको बताउदै उनले किसानको लागी आधुनिक रूपमा कृषीको प्रत्येक पालिकामा कस्टम सेन्टरको स्थापना गर्ने नीति रहेको उल्लेख गरे ।
किसानको उत्पादनलाई सहज बनाउन कृषी ज्ञान, प्राबिधिक, प्रबिधि पुजी र बजारीकरण गरि कृषि क्षेत्रलाई समृद्व बनाउने मत्रि साहको कथन छ ।
नेपाल कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष योगेन्द्र प्रसाद देबको अध्यक्षतामा आयोजित संस्थाको राजबिराज ७ नयाँ भवनको उदघाटन गरिएको हो ।
सो अवसरमा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद देबले प्रतिवेदनमा २०६६ सालमा स्थापना भएका संस्थामा विभिन्न सेवावाट अबकास प्राप्त कर्मचारीहरू सम्मिलत ३५ जना शेयर सदस्यवाट संचालनमा ल्याएको जानकारी दिए । शेयर सदस्यहरूको ३ लाख ३५ हजार पुजीवाट सुरू गरेको संस्थामा हाल १ सय १५ जना शेयर सदस्यको ६१ लाख २४ हजार ४ सय पुजी सहित आफनो भवनमा संचालनमा ल्याएको अध्यक्ष देबले जानकारी दिए ।
सो अवसरमा संस्थाका अध्यक्ष योगेन्द्र देवले एक लाखको नयाँ शेयर सदस्य सुरत यादब, जितेन्द्र यादब, आन्नद देब, भोगेन्द्र झा, प्रधुमन चौधरी, ध्रुव देब, रामचन्द्र लाभ, पुनम यादब, घनश्याम नारायण देब, दिपेन्द्र यादब, किसोरी प्रसाद देव, रिता देव, उषाकुमारी देब, रूपा देव, बिजय कुमार देव, लगायत १५ जना नयाँ शेयरको सदस्यता प्रमाण पत्र प्रदान गरे ।
त्यस्तै संस्थाले असल ऋणी रामअशिष यादब, ठकनी देवी यादबलाई दोसला ओढाएर सम्मान समेत गरेको छ ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य बिश्नाथ मण्डल, गैसस महासँघ नेपालका बरिष्ठ उपाध्यक्ष ध्रुव देव, ग्लोवल सहकारी संस्थाका अध्यक्ष सुखराम यादब, संस्थाका सल्लाहाकार ई ईन्द्र नारायण देब, प्रताप नारायण देव, अध्यक्ष मिरा देब, पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ