News Category 2070/10/20
हात्ती र अर्नाहरुको आतंक रोक्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, १९ माघ ।
कोशी टप्पु बन्य जन्तु आरक्षबाट आउने हात्ती र अर्नाले मच्चाउँदै आएको आतंक रोक्नुपर्ने सप्तरीको पिप्रापुर्व गाविसमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
कोशी टप्पु बन्यजन्तु आरक्षको हात्ती र अर्नाको आतंकका कारण आरक्ष आसपास क्षेत्रका स्थानियहरुको जनजीवन कष्टकर बिताउन बाध्य रहेको भन्दै बक्ताहरुले हात्ती र अर्नाको आतंक नरोकिए त्यस बिरुद्ध आन्दोलनमा जानुपर्ने औल्याएका छन् ।
कोशी टप्पु वनजन्तु आरक्ष मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिले ‘‘सिमसार र कृषि अन्तिम साझेदार” भन्ने मुल नाराका साथ सप्तरीको पिप्रापुर्व गाविसस्थित पथरीमा आयोजना बिश्व सिमसार दिवस तथा १४ औं कोशी टप्पु चरा महोत्सव २०७० को अवसरमा आइतबार गरेको कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन् ।
हात्ती र अर्ना लगायतका सम्पदा मुलुकको सम्पति भएकाले यसको संरक्षण आवश्यक रहेपनि ती जीवजन्तुहरुले मच्चाउँदै आएको आतंक रोक्नुपर्ने बताउँदै बक्ताहरुले आरक्षभित्र पसेका भारतीय गाईभैसीहरुलाई निकाल्न ठोस कदम चाल्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. बलभद्र दासले आरक्षबाट आउने पशुपंक्षीहरुले मानव जीवनलाई आतंकित पार्दै आएकाले यसलाई सही ढंगबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
आरक्षका जीवजन्तु राष्ट्रको सम्पति भएकाले संरक्षण गर्नु जति जरुरी छ त्यो भन्दा बढी मानव जीवनको रक्षा गर्नुरहेको बताउँदै उहाँले लामो समयदेखि आरक्षको समस्या सम्बोधन नहुनु दुर्भाग्यपुर्ण रहेको बताउनुभयो ।
सो कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ३ का सभासद् उमेश कुमार यादवले आरक्षको हात्ती र अर्नाले आर्थिक, भौतिकसँगै मानवीय क्षति पु¥याउँदै आएपनि राज्यले त्यसलाई रोक्न नसक्नु बिडम्बनापुर्ण रहेको बताउनुभयो ।
आरक्षको जीवजन्तुको संरक्षण आवश्यक भएपनि हात्ती र अर्नाले पु¥याउँदै आएको क्षतिलाई नजरअन्दाज गर्न नहुने बताउँदै उहाँले आरक्ष वरपरका जनतालाई सुरक्षा र आयआर्जनसम्म नजोडेसम्म समस्या समाधान नहुने बताउनुभयो ।
कार्यक्रममा पुर्व वातावरणमन्त्री हेमराज तातेडले आरक्षको सबैभन्दा ठुलो समस्या आरक्षभित्र रहेको बिदेशी गाईभैसीको चरिचरण रहेकाले तत्काल आरक्षबाट बिदेशी गाईभैसीलाई भगाउनुपर्ने बताउनुभयो । नेपाली र भारतीय गाईभैसीको प्रबेशले आरक्षभित्रका जीवजन्तुको आहार नै समाप्त भएकाले हात्ती र अर्नाहरु आहारको खोजीमा आरक्ष बाहिर आउने गरेको उहाँको कथन थियो ।
नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य सुमनराज प्याकुरेलले आरक्ष बरिपरिका क्षेत्रका जनताहरु हात्ती र अर्नाका कारण आतंकित बनेको बताउँदै तत्काल हात्ती र अर्नाको आतंक रोक्नुपर्ने बताउनुभयो ।
हात्तीलाई मार्ने जनतालाई अधिकार नभएको तर हात्तीको रक्षाको नाममा जनातलाई गोली हान्ने र लठी हान्ने बिरुद्ध जनता उठ्नुपर्ने बताउँदै प्याकुरेलले एमालेले हात्ती र अर्नाको आतंक रोक्नुपर्ने मागसहित आन्दोलन गर्न लागेको बताउनुभयो ।
कोशी टप्पु वनजन्तु आरक्ष मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिका पुर्वअध्यक्ष रेणु साहले हात्ती र अर्ना आतंकलाई नियन्त्रण गर्न आफुले पटक पटक आवाज उठाएपनि सम्बन्धित निकायले चासो नदेखाउको बताउनुभयो ।
कोशी टप्पु वनजन्तु आरक्ष मध्यबर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षतामा आयोजित कार्यक्रममा पिप्रापुर्व गाविसका कुशुमलाल यादवले मान्छेको मल्य भन्दा हात्तीको मुल्य बढी भएको गुनासो गर्दै हात्ती र अर्नाले पु¥याउँदै आउको क्षतिको क्षतिपुर्ति अझै नपाएको गुनासो पोख्नुभयो ।
सो अवसरमा कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन गंगाराम सिंहले आरक्षको अवस्था र चरा महोत्सवका सन्र्दभमा प्रकाश पार्नुभयो ।
यस्तै महोत्सवमा राजवंशी समुदायका कलाकारहरुले झागड नाच प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ