News Category 2076/01/01
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
रामनवमी कै दिन जन्म भएका स्व. गजेन्द्र नारायण सिँह को ९१ औ जन्म जयन्ती तथा स्मरण दिवस शनिबार राजविराजमा मनाइएको छ ।
राजबिराजस्थित गजेन्द्र चौकमा स्मरण दिवसका संयोजक बिनोद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व. सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
सो अवसरमा प्रदेश सासंद तथा राजपा महासचिव मनिष कुमार सुमनले गजेन्द्र नारायण सिंहको सपना अनुसार मुलुकमा सिंमाकन नभएपनि संघियता स्थापित भएको बताए ।
उहाँको भौतिक शरीर नभएपनि उहाँले छोडेको बिचार अझै हामी बिच रहेको बताउदै नेता सुमनले सम्प्रदायिक शोषण र राजनैतिक शोषणको अन्त भएको जिकिर गरे । उनले दलितहरू तथा महिला माथि हुने दुव्र्यवहार तथा त्यस्ता शोषणको न्युन हँुदै गएको उल्लेख गरे ।
सोही अवसरमा स्व. सिंहको स्मरण दिवसमा युवा नेता बिनोद यादबले प्रत्येक बर्ष झै यस बर्ष पनि राजबिराजमा सर्वसधारणलाई लडु बितरण गरेका थिए ।
सो कार्यक्रममा जिसस प्रमुख प्रभाकर यादब, राजबिराज प्रमुख शम्भु यादब, राजपा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, स्व. सिंहको स्मरण कार्यक्रम संयोजक युवा नेता बिनोद यादब, अध्यक्ष मण्डल सदस्य सुनिल कुमार झा, युवा नेता मनोज यादब, प्रमोद यादब, बिद्याथी नेता संजिव दास अधिकारकर्मी जंगबहादुर सिंह लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ