News Category 2076/01/01
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
रामनवमी कै दिन जन्म भएका स्व. गजेन्द्र नारायण सिँह को ९१ औ जन्म जयन्ती तथा स्मरण दिवस शनिबार राजविराजमा मनाइएको छ ।
राजबिराजस्थित गजेन्द्र चौकमा स्मरण दिवसका संयोजक बिनोद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व. सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
सो अवसरमा प्रदेश सासंद तथा राजपा महासचिव मनिष कुमार सुमनले गजेन्द्र नारायण सिंहको सपना अनुसार मुलुकमा सिंमाकन नभएपनि संघियता स्थापित भएको बताए ।
उहाँको भौतिक शरीर नभएपनि उहाँले छोडेको बिचार अझै हामी बिच रहेको बताउदै नेता सुमनले सम्प्रदायिक शोषण र राजनैतिक शोषणको अन्त भएको जिकिर गरे । उनले दलितहरू तथा महिला माथि हुने दुव्र्यवहार तथा त्यस्ता शोषणको न्युन हँुदै गएको उल्लेख गरे ।
सोही अवसरमा स्व. सिंहको स्मरण दिवसमा युवा नेता बिनोद यादबले प्रत्येक बर्ष झै यस बर्ष पनि राजबिराजमा सर्वसधारणलाई लडु बितरण गरेका थिए ।
सो कार्यक्रममा जिसस प्रमुख प्रभाकर यादब, राजबिराज प्रमुख शम्भु यादब, राजपा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, स्व. सिंहको स्मरण कार्यक्रम संयोजक युवा नेता बिनोद यादब, अध्यक्ष मण्डल सदस्य सुनिल कुमार झा, युवा नेता मनोज यादब, प्रमोद यादब, बिद्याथी नेता संजिव दास अधिकारकर्मी जंगबहादुर सिंह लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ