News Category 2070/10/21
जनताको सुझाव संकलन गर्न सभासद् यादवले बिभिन्न स्थानमा सुझावपेटीका राखे
दैनिक संवाददाता
राजविराज, २० माघ ।
‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज” को अभियान शुरु गर्नुभएका एमाओवादी केन्द्रिय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेश कुमार यादवले अभियानलाई निरन्तरता दिन राजविराज लगायत ग्रामिण भेगमा सुझाव संकलन पेटिका राख्नु भएको छ ।
निरन्तर जनताको बिचमा रही जनताको सुझाव र निर्देशन प्राप्त गर्ने उद्देश्यले सभासद् यादवले सदरमुकाम राजविराजसहित बिभिन्न गाविसमा सोमबार सुझाव पेटीका राखेको पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।
निर्वाचित भएलगतै सप्तरीको बिकासका लागि ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज” को अभियान शुरु गर्नुभएका सभासद् यादवले अभियानलाई सफल बनाउन तथा निरन्तर जनताको सुझाव र निर्देशन प्राप्त गर्ने उद्देश्यका साथ बढी जनताको जमघट हुने स्थानमा सुझावपेटी राख्नु भएको हो ।
संबिधान निर्माणका लागि आफु राजधानी गएपनि जनताको सुझाव र निर्देशनलाई संकलन गर्न पार्टीका बिभिन्न तहतप्काका नेता कार्यकर्ताको सहयोगमा सदरमुकामको १० स्थान तथा बिभिन्न गाविसको १४ स्थानमा सुझाव तथा निर्देशन पेटीका राखिएको सभासद् यादवले जानकारी दिनुभयो ।
राजविराजस्थित गजेन्द्र चौक, जनआन्दोलन चौक, रुपनी मोड, कुनौली मोड, सखडा मोड, तेतरी गाछी, राजदेवी चौक, हिमालय राइस मिल, पुलचौक सहित डुमरी शिबथान, सखडा, बरही बिरपुर, हरिहरपुर, झल्ही पुल लगायतका स्थानमा सुझाव पेटीका राखिएको छ ।
राजविराजस्थित पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभसाद् यादवले बिगतमा चुनाव जितेर जाने तर जनताको भावनालाई बुझन् कहिले जनताको बिचमा नजाने बिगतका जनप्रतिनिधिहरुले गरेपनि आफुले निरन्तर जनताको मत बुझन् र सुझावहरु संकलन गर्न सुझाव पेटीका राखिएको बताउनुभयो ।
सुझावपेटीकामा आउने सुझावहरुलाई मनन गरी गर्नुपर्ने जनताको काम इमान्दारितापुर्वक गर्ने र जिज्ञासाको उत्तर एक हप्ताभित्र सम्बन्धित जनताको स्थानमै पु¥याउने सभासद् यादवको कथन थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ