News Category 2076/01/05
राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
दैनिक समाचारदाता
राजविराज, ५ वैशाख ।
राजपा नेपालका केन्द्रिय सदस्य एवं पूर्वसभासद् विपी भनिने विश्वनाथप्रसाद यादव र राजपाकै अर्का केन्द्रिय सदस्य हरिनारायण मण्डललाई सरकारी कागजातको किर्ते र नक्कली उपभोक्ता समिति बनाएर रकम कुम्ल्याएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले गाउँपालिका कार्यालयको लेटर हेड तथा स्टाम प्याड बनाई प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षयको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेको आरोपमा यादव र मण्डललाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । पुर्वाधार विकास कार्यालय सम्पर्क ईकाई कार्यालय राजविराजमा सितापुर कुनौली आधारभुत विद्यालयसम्म सडक मर्मत निर्माण उपभोक्ता समितिको योजनाको सम्झौता गरी सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।
प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यले नक्कली उपभोक्ता समिति बनाएको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न उनले २५ लाखको योजना ल्याएका थिए ।
यता २५ लाख रुपैयाँको योजनामा नक्कली समितिमार्फत बैंक खातासमेत खोलेर काम समेत शुरु गरेका थिए । तर, स्थानीयहरुले सो काम कुन निकायबाट भइरहेको भनेर सोधपुछ गर्दा यादवले नक्कली उपभोक्ता समिति बनाएको खुलासा भएको हो ।
यसैबीच बिहीबारै राजपा नेपालका संयोजक सरत्सिंह भण्डारीले राजपा नेपाल सप्तरीका संयोजकलाई एक पत्र लेखर केन्द्रिय सदस्यद्वय यादव र मण्डलको सो कार्यमा संलग्नता तथा घटनामा के भएको हो बारे पत्ता लगाई यथासिघ्र जानकारी पठाउन निर्देशन समेत दिएका छन् ।
यसअघि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि मधेशी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद रहेको बेला सांसद साह रातो पासपोर्ट काण्डमा मुछिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ