News Category 2076/01/09
नेकपाको सप्तरी अध्यक्षमा मण्डल र सचिवमा न्यौपाने चयन
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ । नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि जिल्लास्तरमा नेतृत्व चयन गरेको हो ।
आइतबार साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको हो ।
यसैगरि नेकपाको सप्तरी जिल्ला अध्यक्षमा तत्कालिन माओवादीका नेता एवं पूर्वसभासद् अशोक कुमार मण्डल “अमर” र सचिवमा तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेलाई सचिवको जिम्मेवारी दिएको छ ।
यता एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।
जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ