News Category 2076/01/09
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
नवीनकुमार गुप्ता
राजविराज, ९ बैशाख ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीले सिन्डिकेट बनाएर निजी विद्यालयका पाठ्यपुस्तक विक्री गर्दै ब्रह्मलुट गर्दैछन् । जसकारण निजी विद्यालयका विद्यार्थी तथा अभिभावक मारमा परेका छन् ।
महासंघले सिन्डिकेट खडा गर्दै सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा “पुस्तक महल” नामक एक अस्थायी पसल संचालन गरेर विद्यार्थी एवं अभिभावकलाई सोही पसलमा पुस्तक खरीद गर्न बाध्य पार्दैछन् ।

ती पसल पनि कुनै निकायमा दर्ता नगराई गैरकानूनी ढंगले संचालनमा ल्याइएको छ । नगरभरीका ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने बाध्य बनाइएको हो । यता राजविराज नगरपालिका क्षेत्रमा मात्रै ४१ वटा पुस्तक पसलहरु रहेका छन् । तर, अहिले एउटा पनि पुस्तक पसलमा निजि विद्यालयका पुस्तक पाइदैन् ।

अस्थायी रुपमा संचालनमा आएको सो पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट नदिने संघको कठोर निर्णयले विद्यार्थी र अभिभावक आक्रोसित भएका छन् ।
जिल्ला भरिकै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले कुनै पनि पुस्तक पसलमा निजी विद्यालयको पाठ्यपुस्तकहरु बिक्री गर्न नपाउने निर्णय समेत गरेको छ । श्रोतका अनुसार कुनै पनि पसल सो निर्णय विपरीत गएमा जरिवाना तथा महासंघको सदस्य समेत खारेज हुन सक्ने जनाइएको छ ।
विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि महासंघले एकलौटी गरेर विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको र स्थानीय प्रशासन मुकदर्शक बनेका छन् ।
यसैबीच जिल्लाका संस्थागत विद्यालयहरुले पाठ्यपुस्तकको विषयसूचि निकालेर सोही पसललाई उपलब्ध गराएको छ । तर, यस सम्बन्धमा एन प्याब्शन सप्तरीका अध्यक्ष बौकु साहले केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डिकेट खडा गरेकोमा तिब्र असन्तुष्टि र आपत्ति जनाएका छन् । उनले पुस्तक व्यवसायी संघको यस्तो निर्णयले विद्यार्थी र अभिभावक दुबै मारमा परेको तथा यस्ता सिन्डिकेट अविलम्ब हटाउनु पर्ने माँग गरेका छन् ।

यस्तै अधिवक्ता एवं अभिभावक सुजित पोखरेलले पुस्तकमा सिन्डिकेट लगाएर महासंघले गैरकानुननी क्रियाकलाप गरेको भन्दै यस्ता पसलको दर्ता खारेज गर्नुपर्ने माँग गरे । उनले कमिशनका लागि बजार नियन्त्रणको प्रयास गर्नु गैरकानुनी भएको भन्दै यस्ता गतिविधी रोक्न सरोकारवाला सबै सक्रिय हुनुपर्नेमा जोड समेत दिए ।
यसबारे पुस्तक व्यवसायी महासंघ सप्तरीका उपाध्यक्ष सकिल अंसारीले पुस्तक व्यवसायीहरुको पेशागत हकहित र सांगठनिक सुदृढताका लागि महासंघले त्यस्तो निर्णय गरेको बताए ।
यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पाठ्यपुस्तक बिक्रि बितरणमा एकलौटी गरिएको सन्दर्भमा विभिन्न ठाउँबाट गुनासाहरु आएको बताउँदै यसबारे आफूले आवश्यक पहल गर्ने बताएका छन् ।
पुस्तकमा पाईने मोटो कमिशन एकलौटी गरी एक आपसमा बाँडचुड गर्ने नियतले केही पुस्तक व्यवसायीले संघको आडमा यस्तो खेला गरेको भन्दै स्थानीय विद्यार्थी र अभिभावकले अविलम्ब यस्तो गैरकानूनी कार्य रोक्नुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ