News Category 2076/01/10
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको शम्भुनाथ नगरपालिका ३ स्थित शम्भुनाथधाममा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण गरिएको छ ।
सदगुरु कवीर आश्रम परिसरमा निर्मित मुर्ती सन्त शिरोमणी जिवछ दास साहेबजी महाराजले एक कार्यक्रमको बिच अनावरण गरेका हुन् ।
सप्तरीको ऐतिहासिक शम्भुनाथ मन्दिरको छेउमा रहेको आश्राममा वैशाख ९ देखि १५ गतेसम्म हुने सप्ताहब्यापी श्रीमद् भागवत कवीर भगवद पुराण महाज्ञान यज्ञको शुभारम्भ समेत गरिएको छ ।
सदगुरु कवीर आश्रम शम्भुनाथधामद्वारा आयोजित महाज्ञान यज्ञ सन्त शिरोमणी जीवछ साहेब र देशविदेशका चर्चित महाराजहरुले एक हप्तासम्म प्रवचन दिने आयोजकले जनाएको छ ।
सोही आश्राममा नवनिर्मित सतसंघ प्रवचन मञ्चको उद्घाटन कवीर सद विचार महामण्डलका केन्द्रीय अध्यक्ष महाराज राजेन्द्र दास महाराजले गरे । धर्मशाला पवित्र कुण्डको उद्घाटन महाराज नाथुदास साहेवजी महाराजले गरेका छन् ।
एकहप्तासम्म सञ्चालन हुने महाज्ञान यज्ञको लागि प्रत्येक दिनको भण्डारणको ब्यवस्थापनको जिम्मेवारी राजविराज, रुपनी, सुरुङ्गा, शम्भुनाथ, खडक गाउँ तथा नगरपालिकाका कबीरका अनुयायीहरुले गरेको सदगुरु कवीर आश्रम शम्भुनाथधामका संस्थापक सदस्य सन्त कन्तलाल दास साहेबजीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ