News Category 2076/01/12
दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राजबिराज नगरपालिका वडा नं. ५ को प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा बुधबारदेखी राजविराजमा दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादवले रिवन काट्दै प्रतियोगिताको उदघाटन गरेका थिए ।
वडा नं. ५ का अध्यक्ष अध्यक्ष समिर झाको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उपप्रमुख साधना झा, नेपाली सेनाका प्रमुख सेनानी गुप्त बहादुर कुवर, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक खेमबहादुर थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच प्रतियोगिता अन्तरगतको बुधबार पहिलो खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई ५ बिकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा वडा नं. ४ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय १९ रन मात्र बनाउन सफल भएका थिए ।
१ सय २० रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले १७ ओभर ४ बलमा ५ बिकेटको नोक्सानीमा सजिलै खेल आफनो पक्षमा पार्न सफल भएका थिए । सो खेलको म्यान अफ द म्याच उत्कृष्ट बलिंग गरे वापत वडा नं. ३ का अमित यादव घोषित भएका थिए ।
बिहीबार पहिलो खेल वडा नं. ७ ले वडा नंं. ८ बिरुद्ध तथा दोश्रो खेल वडा नं. २ ले वडा नं. ९ बिरुद्ध खेल्ने आयोजक समितिका संजय कार्कीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ