News Category 2076/01/13
भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
राजविराज नगरपालिकाको मेयर पदमा १५ भोटले पराजित भीमराज यादव पार्टीको जिल्लाकार्य समिति निर्वाचनमा पनि १५ भोटले नै पराजित हुन पुगेका छन् । भीमराजको राजनैतिक यात्राका क्रममा यो अंक दोश्रो पटक दोहोरिएको हो ।
संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणनापछि शुक्रबार बिहान घोषित परिणाम अनुसार अध्यक्ष पदका प्रत्याशी भीमराज केदार प्रसाद यादवसँग १५ भोट अन्तरले पराजित हुन पुगेका हुन् ।
अध्यक्ष पदमा निर्वाचित केदार यादवले ३४ मत प्राप्त गरेका छन् भने निकटत्म प्रतिद्वन्द्वी भीमराज यादवले १९ मत प्राप्त गरे । अन्तिमक्षण सम्म गरिएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गरिएको तराई मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झाले बताए ।
भीमराज यसअघि गत स्थानिय निर्वाचनमा पनि राजपाका शम्भु प्रसाद यादवसँग १५ भोटकै अन्तरले पराजित भएका थिए । फोरमका तर्फबाट मेयर पदका उम्मेदवार बनेका राजविराज ९ भीमराजले त्यतिबेला ४ हजार ९ सय ६४ मत प्राप्त गरेका थिए । मेयर पदमा निर्वाचित राजपाका शम्भु प्रसाद यादवले ४ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए ।
प्रतिस्पर्धीसँग पटक पटक १५ मतको अन्तरले पराजित हुने गरेका भीमराज भन्छन्, “जनता र पार्टीका मित्रहरुले त सहयोग गरेकै हुन् । तर, भाग्यले साथ दिएको छैन् ।” उनले पटक पटक १५ मतको झिनो अन्तरले पराजित हुनु “ग्रहदशा” को दोष भएको भन्दै उक्त नतिजाबाट मतदाता पनि दुःखी हुने गरेको सुनाए ।
“राजनीतिमा हार–जित स्वभाविक हो । तर, १५ मतकै चक्करले आफू पीडित हुने गरेको बताउँदै उनले भने, “अब भावी दिनमा हुने निर्वाचनमा शुभसाइत हेराएर अघि बढ्नु पर्ला ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ