News Category 2076/01/15
चट्याङ्ग लागेर बृद्धको मृत्यु, आगलागिमा दुई घर नष्ट
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
वर्षासंगै परेको चट्याँग लागेर आइतबार बिहान सप्तरीमा एक जना बृद्धको ज्यान गएको छ ।
विहान ९ बजे तीर घर नजिकैको खेतमा काम गरीरहेका सप्तरीको बोदेवसाईन नगरपालिका–८ निवासी ६० वर्षिय मोहन साहको चट्याँग लागेर ज्यान गएको हो ।
यता भारी वर्षाले जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकाको सडकमा १ फिटसम्म पानी जमेको छ । विहान वर्षा संगै चलेको हावाहुरीले ठुलो जनधनको क्षती नभएपनि जनजीवन अस्तव्यस्त बनाएको छ ।
यस्तै बर्षा संगै परेको चट्याङबाट सप्तरीको लोहजारामा आगलागी हुदा दुई वटा घरमा क्षति पुगेको छ ।
तिरहुत गाउँपालिका वडा नं. ५ स्थित लोहजारा निवासी देवनारायण यादव र शुभनारायण यादवको एक÷एक वटा गाईगोठ र गोहाली घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
सो चट्याङबाट आगलागी हुदा खाद्यान्न, लताकपडा नगद जिन्सीलगायत करिब दुई लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियबासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको बारुण यन्त्रले निभाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ