News Category 2076/01/17
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
सप्तरीको सप्तकोसी नगरपालिकाका उपप्रमुखको नेतृत्वमा निर्वाचित प्रतिनिधिहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन् ।
उपमेयर आशा चौधरीको नेतृत्वमा वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितका जनप्रतिनिधिको टोलीले निमित्त प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
निमित्त प्रशासकीय अधिकृत चौधरीले लामो समयदेखि काममा बेवास्ता गरी नगरपालिकाको काम प्रभावित बनाएका भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासकीय अधिकृत बासुदेव रेग्मी चैत १८ गते कार्यालयमा हाजिर भए लगत्तै बिदामा बसेका छन् ।
जनप्रतिनिधिलाई बेवास्ता गरेको र काम प्रभावित बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक जानकारी गराइएको उपप्रमुख चौधरीले बताइन् । उनले रामदेव चौधरी कार्यालय प्रमुख हुँदाका अधिकांश योजना र सम्झौता अधुरा रहेको जानकारी दिइन् ।
त्यसअघिका कार्यालय प्रमुख राजकपुर चौलागाईं गत पुष महिनामा सरुवा भएपछि चौधरी नै निमित्त थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ