News Category 2076/01/17
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ का अध्यक्षलाई सोमबार बिहान घुस लिदालिँदै पक्राउ गरेको छ ।
एक सेवाग्रहीसँग मोहि जग्गा सम्बन्धि विवादमा सिफारिस गर्न २५ हजार घुस लिदालिदै वडा अध्यक्ष मो. चिल्टु मियाँलाई अख्तियारको क्षेत्रिय कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो ।
सिफारिसका लागी मियाँले घुस मागेको गोप्य सुचना पाएर निगरानी गर्न पुगेको अख्तियार टोलीले घुसवापतको रकम लिए लगतै वडाध्यक्ष मियाँलाई नियन्त्रणमा लिएको थियो ।
उनलाई थप अनुसन्धानका लागी आयोगको क्षेत्रिय कार्यालय ईटहरी लगिएको आयोग श्रोतले जनाएको छ ।
यसैबीच वडा अध्यक्षका जेष्ठ सुपुत्र मो. इरफानले सोमबार विज्ञप्ति जारि गर्दै बुबालाई प्र–पन्च रचित बदनाम गराउने काम भएको दाबी गर्दै सोको भत्र्सनासहित साजिस गर्ने माथि आवश्यक कारवाहीको माँग गरेका छन् ।
जारि विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७६ साल वैशाख १६ गते सोमवार विहान ७ः३० बजेको समयमा सुरुङ्गा नगरपालिका ५ बस्ने चलितर मण्डल भन्ने व्यक्तिले मेरो रायन सःमिलमा विभिन्न साइजको काठ चिरानको आदेश गरी उक्त काठको मुल्य रु. २५,२७०।– मध्ये नगद रु.२५००० तत्कालै त्यस मिलको प्रोप्राइटर मेरो बुवा सिल्टु मियाँलाई भुक्तानी दिई निष्काना साथ ईटहरीको अख्तियार टोलीले उक्त रु.२५००० रकम घुस लिएको आरोपमा समातेको छ ।”
साथै विज्ञप्तिमा घटनाको आवश्यक छानविन गरि सत्यतथ्य पत्ता लगाएर दोषिमाथी कारवाही नगरिए बाध्य भएर चरणबद्ध आन्दोलनमा जाने अवगत गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ