News Category 2076/01/17
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
मैथिली फिल्म मिसन मधेश फिल्मको प्रोमोशन कास्टिगंको अवसरमा राजबिराज मैथली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
मंगलवार राजबिराजमा दिनाभद्री फिल्म प्रोडक्सन लाहान प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा बैशाख २० गते सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी गराएको छ ।
सो अवसरमा मिसन मधेश फिल्मका निर्माता मुकेश कर्णले मधेश आन्दोलन, दलित जनजातीमाथी हुने अत्याचार, दमन, हत्याहिंसा, भेदभाव तथा मधेशमा बढ्दै गएको महिला हिंसा र बलात्कार जस्ता बिकृतिको बिरूद्वमा आधारित ऐतिहासिक कथा बस्तु सम्मलित फिल्म निर्माण गरिएको बताए ।
फिल्मले मधेशमा हुने बिकृति तथा समाजका हुने अत्याचार बैशाख भित्रै फिल्मको शुभआरम्भ गरिने बताउदै त्यस अवसरमा बैशाख २० गते राजबिराजमा सासंस्कृतिक कार्यक्रम समेत आयोजना गरिने जानकारी दिए ।
राजबिराजस्थित राजरंगशालाको मैदानमा गरिने सांस्कृतिक कार्यक्रम बिहारको सुपरस्टार हिरोइन काजल राहवानी, नेपालको ममता पंडित, कसिष दाहाला, समिता गरि, अर्जुन कान्त यादब, अंजु यादब, सनु कुमार, रंजित शर्मा लगायत कालाकारद्वारा मनोरंजन गराईने आयोजक समितिका मुकेश कर्णले जानकारी दिए ।
दिनाभन्द्री फिल्म प्रोडक्सन लाहान प्रा.लि.को आयोजनामा तथा श्रीमती शिला यादब, मुकेश कर्णको लगानीमा फिल्म निर्माण भई सो फिल्म प्रोमसनको साथै बैशाख भित्र मिसन मधेश फिल्मको प्रदर्शन गरिने उनले बताए ।
सो सासंस्कृतिक कार्यक्रम तथा मधेश मिसन फिल्मको प्रोमोसन कार्यक्रममा सम्पुर्ण जिल्लावासीहरूले सहभागिता भई कार्यक्रम सफल बनाईदिन आग्रह समेत गरे ।
जनकपुरका तवलावाद, नाल बजाउने कलाकार शम्भु कर्णको दुबै किडनी फेल भएकोले उनको उपचारमा सहयोग पुर्याउन उद्देश्यले च्यारेटी सो बाट प्राप्त आम्दानी रकमवाट ५० प्रतिशत उनको उपचारमा सहयोग गरिने कलाकार अरूणकान्त यादबले जानकारी दिए ।
उक्त फिल्ममा दिनेश्वर गुप्ता, कसिष दाहाल, रेणु ्दाहाल, दुलसा कोईराला, भारति गुप्ता, लगायत कालाकारले भुमिका निर्वाह गरेको छ भने फिल्मको निर्देशक आलम खान, सुर्या साह, गरेका छन् । ७५ लाखको लागतमा निर्माण गरिएको फिल्म चाडै सेन्सर वोर्डबाट पास हुने निर्माता शिलादेबी यादबले बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ