News Category 2076/01/18
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सामाजिक सुरक्षा ऐन लागु गर्न माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । हरेक वर्ष मे १ अर्थात मजदुर दिवसका दिन सो माग गर्दै प्रदर्शन गरिएको हो ।
१३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।
टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको नेतृत्वमा काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुस समाजिक सुरक्षा ऐन अविलम्ब लागु गर्न माग गर्दै बाजार क्षेत्र परिक्रमा गरेको थियो ।

जुलुसमा सहभागी टे«ड यूनियन काँग्रेसका केन्द्रीय सदस्य भोगेन्द्र झाले गणतन्त्र प्राप्तिपछि पनि मजदुर, शिक्षक, कर्मचारीको अवस्था ज्यूँ का त्यूँ रहेको तथा उनीहरको अधिकार सुनिश्चिताका लागि सामाजिक सुरक्षा ऐन लागु गर्न सरकारलाई दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।
यस्तै सोही दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासँघ सप्तरीको अगुवाईमा स्थानिय पबि माबिको प्राङ्गणबाट निस्केको ¥याली नगरको विभिन्न ठाँउमा प्रदर्शन गरेको छ ।
८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय मजदुर दिवस मनाईदै आएको मजदुर संगठनका अगुवा केदार देवले बताए ।
मजदुर दिवसमा हरेक वर्ष नेताहरुले ठूला ठूला सपना बाँड्छन् तर, कार्यान्वयनमा भने आउँदैन मजदुर नेता देवले भने । नेपालमा सबैभन्दा बढी पीडामा मजदुर छन् तर, मजदुरले काम पाउने अवस्था छैन । प्रायः खाडी मुलुक पुगेका छन उनले गुनासो पोखे ।
सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ