News Category 2076/01/19
प्रअ नियुक्तिमा धाँधली भएको आरोप, छानविनको माग
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित श्री बुद्धिलाल विद्या मुनर नमुनामा माध्यमिक विद्यालमा प्रअ नियुक्तीमा धाँधली भएको भन्दै विद्यालयका शिक्षक तथा पूर्व प्रअहरुले छानवीनको माँग गरेका छन् ।
राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयमा कार्यरत शिक्षक र पूर्व प्रअहरुले बुद्धिनाथ मुनर नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण चौधरीले ऐन, नियम र प्रकृयालाई मिचेर आफन्त पर्ने तुलसी दास चौधरीलाई प्रअ पदमा नियुक्त गरेको आरोप लगाएका हुन् ।
सो आरोप लगाउँदै उनीहरुले त्यसको सम्बद्ध निकायबाट आवश्यक छानविन हुनुपर्ने माँग समेत गरे । पत्रकार सम्मेलनमा उक्त विद्यालयका सहायक प्रअ गजेन्द्र प्रसाद दासले पाँच वर्षे करार प्रअ नियुक्तीमा छनौट समितिका संयोजक समेत बनेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आप्mनो नाता पर्ने तुलसी दास चौधरीलाई प्रअ बनाउन आवश्यक सबै प्रक्रिया मिचेको आरोप लगाए ।
उनले शिक्षा नियमावली र विद्यालय व्यवस्थापन निर्देशिका दुवैलाई मिचेर प्रअ नियुक्ती गरिएकोले छानविन गरिए सबै कुरा आफै छर्लङ्ग हुने दाबी गरे । आफुभन्दा कनिष्ठ र शिक्षा शास्त्रका कुनै उपाधि नपाएका शिक्षकलाई नातावादको आधारमा प्रअ बनाइएको उनको दावी छ ।
त्यस्तै पूर्व प्रअ नथुनी दासले प्रअ छनौट प्रक्रिया शिक्षा नियमावली र नमुना विद्यालय व्यवस्थापन निर्देशिकाको विपरित भएको, छनौट समितिका संयोजक नातावादलाई प्रश्रय दिएको र पूर्वाग्राही ढंगबाट अंक प्रदान गरी मूल्यांकन गरेको आरोप लगाउँदै यसको छानविन हुनुपर्ने माग गरे ।
उनले दोषीलाई दण्ड र पीडितलाई न्याय दिलाउन सञ्चाकर्मी, अधिकारर्मी र सरोकारवाला सबैलाई पहल गरिदिन आग्रह समेत गरेका छन् ।
यसअघि सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित श्री महेन्द्र चुन्नी माध्यमिक विद्यालयले शिक्षक नियुक्तीमा धाँधली भएको भन्दै बुधबार स्थानीय आन्दोलित भएका छन् ।
बोदेबर्साइनस्थित महेन्द्र चुन्नी माविमा पनि शिक्षक नियुक्तीमा धाँधनी भएको भन्दै त्यहाँका स्थानीयवासी, जनप्रतिनिधि र सो विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी नियुक्ती प्रकरणको छानविन हुनुपर्ने माग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ