News Category 2076/01/21

मजदुर दिवसकै दिन सप्तरीका एक यूवकको मलेशियामा मृत्यु

दैनिक समाचारदाता

मजदुर दिवसकै दिन सप्तरीका एक यूवकको मलेशियामा मृत्यु

    राजविराज÷सप्तरीका एक यूवकको बैदेशिक रोजगारका क्रममा बुधबार मलेशियामा मृत्यु भएको छ । 
    जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह निवासी ४० वर्षिय दिपेन्द्र दासको अन्तराष्ट्रिय मजदुर विवसको दिन मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । 
    मलेशियास्थित डुपोन्ट एण्ड लिओस्क इन्टरप्राइजेजमा प्रोडक्सन अपरेटर पदमा कार्यरत दासको ईटा बनाउने मेशिनमा च्यापिएर मृत्यु भएको जनाइएको छ । 
    विगत चार वर्ष बढीदेखी सोही कम्पनीमा कार्यरत दास नेपाल फर्कने तरखरमा रहेका थिए । 

प्रतिकृया दिनुहोस