News Category 2076/01/23
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
दैनिक समाचारदाता
काठमाडौं, २३ बैशाख ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच सोमाबार काठमाडौंमा एकीकरण घोषणा भएको छ ।
दुबै पार्टीको एकीकरण पश्चात् नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ ।
प्रज्ञा भवन कमलादीमा आयोजित समारोहमा एकता घोषणा पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराइले हस्ताक्षर गरेका छन् ।
घोषणापत्रमा संघीय समाजवादी र नयाँ शक्ति दुवै पार्टी विघटन गरिएको उल्लेख छ । समाजवादी पार्टीले पूर्ण समानुपातिक समावेशी संसदीय प्रणालीको वकालत गर्ने भएको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन हुनुपर्ने मान्यता अघि सारेको छ ।
लामो समयदेखि छलफलमा रहेका दुई पार्टीबीच गएको शनिबार एकीकरणको सहमति जुटेको थियो । नयाँ बन्ने पार्टीमा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक भट्टराई संघीय परिषद्को अध्यक्ष र तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष यादव केन्द्रीय समिति अध्यक्ष बन्ने सहमति भएको छ । अन्य पार्टीलाई पनि एकताका लागि समाजवादी पार्टीले अपिल गरेको छ ।
दुबै पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालमा २५ जना पदाधिकारी घोषणा भएको छ । आयोजित एकता कार्यक्रममा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो ।
पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
यस्तै उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।
महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । त्यस्तै उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ