News Category 2076/01/26
हरुवा चरुवा र विद्यालय बाहिर रहेका बालबालिकाले पाए शैक्षिक सामाग्रि
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
हरुवा चरुवाका बालबालिकालाई शिक्षामा पहुँच बढाउन तथा विद्यालय बाहिर रहेका गरिब विपन्न समुदायका बालबालिकालाई विद्यालय सम्म ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले १ सय ८६ जना बालबालिकालाई छात्रबृति स्वरुप शैक्षिक सामाग्रि प्रदान गरिएको छ ।
मानवअधिकार तथा ग्रामिण यूवा परिवर्तन (हुर्क) नेपाल राजविराजले बिहीबार तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित राजेन्द्र देवकी माविमा एक कार्यक्रमको आयोजना गरि हरुवा चरुवा परिवारबाट त्यस गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत १ सय ५० जना तथा विद्यालय बाहिर रहेका ३६ जना गरि १ सय ८६ जना छात्रछात्रालाई छात्रबृति वापत विद्यालय पोशाक, व्याग, जुत्ता, कपी कलम, इरेजर, कटर लगायतका शैक्षिक सामाग्रि बितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुब देवले छात्रछात्राहरुलाई उक्त सामाग्रि बितरण गरेका थिए । संस्थाका अध्यक्ष पार्थो सरकारले शिक्षाको माध्यमबाट हरुवा चरुवा न्यूनिकरण तथा सशक्तिकरण कार्यक्रम अन्तरगत द फ्रिडम फण्डको सहयोगमा १ सय ८६ जना छात्रछात्रालाई विद्यालय पोशाक र शैक्षिक सामाग्रि बितरण गरेको बताए ।
संस्थाका सुपरभाइजर दिपक कुमार सिंहद्वारा संचालित कार्यक्रममा कार्यक्रम संयोजक रिया राय संचेती, कोषाध्यक्ष राजकुमार भुजेल, जनप्रतिनिधी दिनेश कुमार सिंह र भोला मण्डल लगायतले पनि शुभकामना दिँदै यस्ता कार्यक्रमले विपन्न समुदायका बालबालिकालाई विद्यालयसम्म पु¥याउने र टिकाउन मद्दत पुग्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ