News Category 2076/01/29
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका संयोजक सरत्सिंह भण्डारीले संविधानको स्वामित्व सबैले नलिएको भन्दै सिके राउतको मुद्दा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेको आरोप लगाएका छन् ।
राजपा सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले सो आरोप लगाउँदै मुलुकमा विखण्डनको खतरा अझै कायमै रहेको बताए ।
सिके राउतका कारण मुलुक विखण्डन र पृथकतावादी आन्दोलनको अन्त्य नभई सो मुद्दा वर्तमान सरकारको प्रधानमन्त्रीले नै बोकेकाले मुलुकमा त्यसको खतरा अझै कायमै रहेको उल्लेख गरे ।
सरकारका संघियता र लोकतन्त्र विरोधी गतिविधिले मुलुकमा दुर्घटना हुनसक्ने उनले संकेत गर्दै विभेदले विद्रोहको जन्म दिन्छ र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुनसक्छ उल्लेख गरे । सरकारले लचकता अपनाएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नेतर्फ अग्रसर हुन जरुरी रहेको उनको भनाई छ ।
त्यस्तै अध्यक्ष भण्डारीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै न्यायाधिश नियुक्तिदेखि न्यायालयका हरेक गतिविधिमा सरकार हस्तक्षेप अस्विकार्य रहेको बताए ।
दुई पार्टीबीच एकीकरणको सन्दर्भमा संयोजक भण्डारीले समाजवादी पार्टी नेपालसँग तत्कालका लागि पार्टी एकताको सम्भावना समाप्त भएको संकेत गरे । मधेशी, आदिवासी, जनजाति तथा अल्पसंख्यकको अधिकार प्राप्ति तथा संविधान संशोधनका विषयमा समाजवादी पार्टीको धारणा स्पष्ट नभएकाले एकतापछि धकेलिएको उनले स्पष्ट पारे ।
यस्तै संयोजक भण्डारीले भ्रष्टाचार र अनियमिततामा संलग्न भएकाहरुको आरोप प्रमाणित भए पार्टीले उनीहरुलाई बोकेर नहिँड्ने स्पष्ट समेत पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ