News Category 2076/01/29
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका संयोजक सरत्सिंह भण्डारीले संविधानको स्वामित्व सबैले नलिएको भन्दै सिके राउतको मुद्दा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेको आरोप लगाएका छन् ।
राजपा सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भण्डारीले सो आरोप लगाउँदै मुलुकमा विखण्डनको खतरा अझै कायमै रहेको बताए ।
सिके राउतका कारण मुलुक विखण्डन र पृथकतावादी आन्दोलनको अन्त्य नभई सो मुद्दा वर्तमान सरकारको प्रधानमन्त्रीले नै बोकेकाले मुलुकमा त्यसको खतरा अझै कायमै रहेको उल्लेख गरे ।
सरकारका संघियता र लोकतन्त्र विरोधी गतिविधिले मुलुकमा दुर्घटना हुनसक्ने उनले संकेत गर्दै विभेदले विद्रोहको जन्म दिन्छ र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुनसक्छ उल्लेख गरे । सरकारले लचकता अपनाएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नेतर्फ अग्रसर हुन जरुरी रहेको उनको भनाई छ ।
त्यस्तै अध्यक्ष भण्डारीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै न्यायाधिश नियुक्तिदेखि न्यायालयका हरेक गतिविधिमा सरकार हस्तक्षेप अस्विकार्य रहेको बताए ।
दुई पार्टीबीच एकीकरणको सन्दर्भमा संयोजक भण्डारीले समाजवादी पार्टी नेपालसँग तत्कालका लागि पार्टी एकताको सम्भावना समाप्त भएको संकेत गरे । मधेशी, आदिवासी, जनजाति तथा अल्पसंख्यकको अधिकार प्राप्ति तथा संविधान संशोधनका विषयमा समाजवादी पार्टीको धारणा स्पष्ट नभएकाले एकतापछि धकेलिएको उनले स्पष्ट पारे ।
यस्तै संयोजक भण्डारीले भ्रष्टाचार र अनियमिततामा संलग्न भएकाहरुको आरोप प्रमाणित भए पार्टीले उनीहरुलाई बोकेर नहिँड्ने स्पष्ट समेत पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ