News Category 2076/01/30
कपडा पसलमा आगलागि हुँदा ६० लाख बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको खडग नगरपालिकास्थित एक कपडा पसलमा आइतबार बिहान आगलागि हुँदा ६० लाख बढी मुल्यको क्षति भएको छ ।
खडग नगरपालिका ७ बस्ने सत्य नारायण अग्रवालको घरको दोश्रो तल्लामा रहेको गोयल बस्त्रालयमा पुजा गर्न बालेको दियोबाट आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
आगलागिमा घर, नगद, लत्ता कपडा जलेर नष्ट हुँदा ६० लाख भन्दा बढीको क्षति भएको प्रहरीको भनाई छ ।
उक्त आगोलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ मैनावति वस्ने सुकुमाया भुजेलको काठ र वासले बनेको टायलको छानो भएको दुई तल्ले घर र कच्चि गोठ, शौचालय समेतमा आगलागि हुँदा सात लाख बराबरको क्षति भएको छ ।
जंगलमा लागेको आगो अचानक सल्किई घरमा आगलागी हुँदा उक्त मुल्य बराबरको घनमाल जली क्षती भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ