News Category 2076/01/30
कपडा पसलमा आगलागि हुँदा ६० लाख बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
सप्तरीको खडग नगरपालिकास्थित एक कपडा पसलमा आइतबार बिहान आगलागि हुँदा ६० लाख बढी मुल्यको क्षति भएको छ ।
खडग नगरपालिका ७ बस्ने सत्य नारायण अग्रवालको घरको दोश्रो तल्लामा रहेको गोयल बस्त्रालयमा पुजा गर्न बालेको दियोबाट आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
आगलागिमा घर, नगद, लत्ता कपडा जलेर नष्ट हुँदा ६० लाख भन्दा बढीको क्षति भएको प्रहरीको भनाई छ ।
उक्त आगोलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ मैनावति वस्ने सुकुमाया भुजेलको काठ र वासले बनेको टायलको छानो भएको दुई तल्ले घर र कच्चि गोठ, शौचालय समेतमा आगलागि हुँदा सात लाख बराबरको क्षति भएको छ ।
जंगलमा लागेको आगो अचानक सल्किई घरमा आगलागी हुँदा उक्त मुल्य बराबरको घनमाल जली क्षती भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ