News Category 2076/01/30
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
आइतबार राती आएको आएको हावाहुरीका कारण सप्तरीको विभिन्न स्थानमा दर्जनौं फुस तथा टिनको छाना भएको घरमा क्षति पु¥याएको छ ।
हावाहुरीले तिलाठी कोईलाडी गाउँपालिकास्थित तोपा, मंसापुर, सडेपार र मधेपुराको विभिन्न बस्तीका ४५ वटा घरमा क्षति पु¥याएको गाउपालिका अध्यक्ष सतिशकुमार सिँहले जानकारी दिएका छन् ।
हावाहुरीले मंसापुरका हरि ठाकुर, रामचन्द्र राम, रामचन्द्र राय, तोपाका गजेन्द्र साह र लक्ष्मी साह, सहितका सयौ फुसको घरमा क्षति पुगेको छ । हुरीसँगै आएको पानी, असिनाले हरि ठाकुरको घरमा रहेका ५ लाख भन्दा बढीको खाद्यान्न समाग्री नष्ट भएको पीडितले बताएका छन् ।
त्यस्तै तिलाठी कोईलाडीको मंसापुर र सडेपारमा हुरी र पानीले दुई कुखुरा फर्मको ८ लाख बरावरको पुर्ण रूपमा क्षति पु¥याएको फर्मका संचालक रमेश सिह र प्रेम राउत जानकारी दिए ।
यस्तै हावाहुरीका कारण सो क्षेत्रका ५० वटा बिजुलीका पोलहरु समेत ढलेको छ भने कुनै मानविय क्षति नभएको गाँउपालिका अध्यक्ष सिहले जानकारी दिए । यता पीडित परिवारका लागी गाउँपालिकाले आबश्यक सहयोगको लागि पहल गरिरहेको उनले बताए ।
हावाहुरी पीडितहरुका लागि बिपद ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग समन्वय गरिरहेको उनको भनाई छ ।
यस्तै हनुमानगर कंकालनी नगरनगरपालिको विभिन्न ठाँउमा पनि हावाहुरीले फुसको एक दर्जना भन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ