News Category 2076/01/31

जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 

दैनिक समाचारदाता

जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 

नवीनकुमार गुप्ता
राजविराज, ३१ बैशाख । 
    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित एक गरिब व्यक्तिको जनप्रतिनिधिको ठाडो आदेश र स्थानिय प्रहरीको उपस्थितिमा तोडफोड गरिएको छ । 
    शम्भुनाथ नगरपालिका ३ स्थित ट्राफिकमा ट्राफिक प्रहरी कार्यालयको छेउमै रहेको ललन साहको घरलाई वडा अध्यक्ष शत्रुहन चौधरीको ठाडो आदेशमा नगरपालिकाको डोजर प्रयोग गरी आइतबार बिहान ९ बजे तोडफोड गरिएको हो । 
    घर तोडफोड गर्ने क्रममा ललन साहलाई वडा अध्यक्षकै निर्देशनमा उनले बोलाएका भाडाका व्यक्तिहरुले नियन्त्रणमा लिएर कुटपिट गर्दै घर निकाला गरेको स्थानियहरुले बताएका छन् । सो क्रममा कुटपिटबाट ललन गम्भिर घाइते भई घर छेउको जग्गामा बेहोस अवस्था रहँदा प्रहरीले कुटिपिट गर्ने कुनै पनि व्यक्तिलाई रोक्न समेत पहल नगरेको तथा अस्पताल पु¥याउन चासो नदेखाएको स्थानियको आरोप छ । 
    सोही क्रममा ललनका १४ वर्षिय छोरासमेतलाई सोही भाडाका व्यक्तिहरुले कुटपिट गर्दै घर निकाला गरे । यता ललनकी श्रीमती श्यामकुमारीले जसोतासो आफ्नो दुई छोरा र एक छोरी मध्ये एक छोरा र एक छोरीसहित घर बाहिर निस्किन र करिब एक किलो मिटरको दुरीमा रहेको रुपनी प्रहरीलाई खबर गर्न जाँदा उनलाई अर्धनग्न बनाएर सोही व्यक्तिहरुले रोकेका थिए । 
    श्यामकुमारीले भनिने, “राजमार्ग हुँदै रुपनी प्रहरीलाई खबर गर्न जाँदै थिए, वडा अध्यक्षकै इसारामा आएका केही व्यक्तिहरुले मेरो साडी समातेर जान दिएनन्, तर म जसोतसो अर्धनग्न अवस्थामा प्रहरीसमक्ष पुगे ।” उनले थपिन, “रुपनी प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उल्टै अन्यत्र स्थानमा जग्गा खरीद गरि घर बनाऊ, हामी यसमा केही गर्न सक्दैनौं ।” 
    यता घर तोडफोड पश्चात् आएको प्रहरीले कुटपिटबाट गम्भिर भई बेहोस भएका ललनलाई रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचारका लागि लगेका थिए । हाल ललनको उपचार सोही अस्पतालमा भइरहेको छ ।  
    विगत दुई दशक भन्दा बढी समयदेखी “चनाचटपटे” रिक्सामा बिक्रि गर्दै आइरहेका साहले सोही समयदेखी ऐलानी जग्गामा घर निर्माण गरेर बसोवास गर्दै आइरहेका छन् । 
    स्थानिय निर्वाचन पश्चात् वडा अध्यक्ष पदमा निर्वाचित भएका शत्रुहन चौधरीले बारम्बार साहसँग रकम माँग गर्दै आइरहेको र सात लाख रकम नदिए घर तोडेर हटाइदिने चेतावनी दिँदै आएको पीडित साहकी श्रीमती श्याम कुमारीले बताइन् ।
    उक्त क्षेत्रमा अधिकांश जग्गा दशकौदेखी ऐलानी नै रहेको छ र साह परिवार जस्तै अन्य व्यक्तिहरु समेतले सोही स्थानमा पक्काका घर निर्माण गरि वर्षौदेखी बसोबास गर्दै आइरहेका छन् । 
    यता आइतबारै पीडित श्याम कमारीले घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराएकी छिन् । घर तोडफोड भएपछि हाल श्याम कुमारी टुटेकै घरमा छिमेकीहरुको सहयोगमा केही भाडा उपलब्ध पश्चात् जसोतसो तीन बालबालिकालाई खाना पकाएर खुवाउने गरेकी छिन् । 
    रुपनी गाउँपालि वडा नं. २ का स्थानिय सहर्सराम चौधरीले घाइते साहलाई औषधी उपचार तथा पीडित परिवारलाई उचित क्षतिपूर्तीको माँग गरेका छन् । त्यस्तै राजपाका यूवा नेता दिनेश कुमार यादवले जनप्रतिनिधिको गुन्डागिरी शैलीले सो क्षेत्रका स्थानियहरु त्रसित बन्दै आएका छन् । वडा अध्यक्ष चौधरीको हेपाहा प्रवृतीका कारण बारम्बार ती क्षेत्रका स्थानियहरु पीडित बनेका छन् । उनले पीडितलाई सोही जग्गामा पुर्नःबहाली गर्नु पर्ने र वडा अध्यक्षलाई कानुन सम्वत् दण्ड दिनु पर्ने माँग समेत गरे । 
    यसैबीच शम्भुनाथ नगरपालिका वडा नं. ३ का अध्यक्ष शत्रुहन चौधरीले ललन साहले जबरजस्ती जग्गा अतिक्रमण गरेर घर बनाएको दाबी गरेका छन् । बजार व्यवस्थापन समितिले सो क्षेत्रमा ललनका बुबालाई ८ मिटर ऐलानी जग्गा नापी गरेर भोग गर्न दिइसकेको अवस्थामा ललनले पुनः अर्को जग्गा अतिक्रमण गरेर भोग गर्दै आइरहेकोले जग्गा खाली गराएको बताए । उनले भने, “एक वर्ष अघिसम्म जग्गा खाली रहेको थियो, बजार व्यवस्थापन समितिले सो जग्गा खाली गराउन जाँदा रातारात टिनको छाना राखेर अस्थायी घर बनाएपछि सो समयदेखी पटक पटक मौखिक रुपमा जग्गा खाली गर्न भन्दा नमानेकोले जग्गा खाली गराइएको हो ।” 

प्रतिकृया दिनुहोस