News Category 2076/02/03
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै
.jpg)
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सप्तरी जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय पदमा हुन लागेको निर्वाचनमा दुई समूहले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
श्रोतका अनुसार बामपन्थी र समाजवादी पार्टी निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अधिवक्ता महेश्वर साहले चुनावी मैदानमा छन् ।
अधिवक्ता डोमन साहको समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिएका छन् ।
त्यस्तै अधिवक्ता महेश्वर साहको समूहबाट उपाध्यक्षमा लोकनाथ यादव, सचिवमा ध्रुब कुमार मण्डल र कोषाध्यक्षमा बिरेन्द्र प्रसाद चौधरी चुनावी मैदानमा छन् ।
यसैगरि पाँच सदस्य पदमा दुबै समूहबाट ८ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा लबेन्द्र प्रसाद देव, बैद्यनाथ चौधरी, बिरेन्द्र प्रसाद चौधरी, रामनरेश दास, शम्भु कुमार यादव, इन्द्रकान्त चौधरी, सुरेश कुमार सिंह र शिवनारायण यादव रहेका छन् ।
त्यस्तै पाँच जना निर्वाचित हुने पार्षद पदमा भोजराज शर्मा, कमल कुमार यादव, रामप्रसाद चौधरी, केशर लाल खंग, कर्मचन्द चौधरी, उमेश नाथ शरण र बिर बहादुर कडारी गरि ७ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि बैशाख २० गते उम्मेदवारी दर्ता भएकै दिन डोमन साह नेतृत्वको समूहबाट सहसचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस निर्वाचनका लागि सप्तरी जिल्ला बार एकाईमा ८६ जना मतदाता रहेको निर्वाचन अधिकृत चौधरीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ