News Category 2076/02/04
बिना दर्ता संचालन भएका विद्यालय अगाडी निकाय निरिह
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरी जिल्लामा बिना दर्ता भएका संस्थागत विद्यालयहरु संचालन भइरहेको प्रति सम्बन्धीत निकाय ध्यान पुग्न सकिरहेको छैन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा समेत जिल्लाको सबै १८ वटै स्थानिय तहमा बिना दर्ताका विद्यालयहरु निर्धक्क रुपमा संचालन भइरहेका छन् ।
बिना दर्ता संचालनमा रहेका विद्यालयहरुका कारण स्वीकृत प्राप्त संस्थागत विद्यालयहरु धराशय हुने अवस्थामा रहेको छ । कक्षा १ सम्म मात्र पढाउन स्वीकृती लिएका विद्यालयहरुले कक्षा ५ सम्म अध्यापन गराइरहेको पाइएको छ ।
स्थानिय तहलाई शिक्षाको हरेक गतिविधी हेर्न अधिकार दिएपनि सो तर्फ स्थानिय निकाय निरिह बनेको छ । यता सप्तरीका तीन स्थानिय तह कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र छिन्नमस्ता गाउँपालिकाले चालु शैक्षिक सत्रमा बिना दर्ता भएका विद्यालय बन्द गर्न निर्देशन दिए पनि कार्यान्वयन भएको देखिन्न् ।
कंचनरुप नगरपालिकाले २०७६ बैशाख २५ गते “अनियमित संचालनमा रहेको विद्यालय बन्द गर्ने सम्बन्धमा” प्रेस विज्ञप्ति जारि गर्दै शैक्षिक सत्र २०७६ देखी अनियमित संचालनमा रहेका संस्थागत विद्यालयहरु यथासिघ्र बन्द गर्ने र बन्द नगरी अटेर गरेमा शिक्षा ऐन अन्तरगत कारवाही हुने जनाएको थियो ।
तत्कालिन जिल्ला शिक्षा कार्यालय सप्तरीले २०७२ सालमा बिना दर्ता भएका विद्यालयहरु बन्द गर्न गराउन निर्देशन दिएको थियो । तर, सो निर्देशन हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ