News Category 2076/02/04
जिल्ला बार एकाईमा डोमन साहको प्यानल बिजयी
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
सप्तरी जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतपरिणामबाट डोमन साहको प्यानल बिजयी भएको छ ।
उनले ५१ मत प्राप्त गरि बिजयी भए । उनका प्रतिद्वन्द्वी महेश्वर साहले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै उपाध्यक्षमा महेन्द्र प्रसाद देवले ४८, सचिवमा ओम प्रकाश यादवले ४९ तथा कोषाध्यक्षमा शंकर कुमार मिश्रले ४५ मत प्राप्त गरि बिजयी भएका छन् ।
त्यस्तै सदस्य पदमा राम नरेश दास ५०, शम्भु कुमार यादव ५३, इन्द्रकान्त चौधरी ४५, सुरेश कुमार सिंह ५० र शिव नारायण यादवले ५७ मत प्राप्त गरि बिजयी भए ।
यसैगरि पार्षदहरुमा महेश्वर साह प्यानलका कमल कुमार यादवले ५८ तथा डोमन साह प्यानलका केशरलाल खंगले ५६, कर्मचन्द चौधरीले ४८, उमेशनाथ शरणले ४९ र बिर बहादुर कडारीले ५४ मत प्राप्त गरि बिजयी भएका हुन् ।
दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय पदमा सम्पन्न निर्वाचनमा ८६ जना मतदाता मध्ये ८३ जनाले मत खसालेको निर्वाचन अधिकृत दुर्गानन्द चौधरीले जानकारी दिए ।
यसअघि बैशाख २० गते उम्मेदवारी दर्ता भएकै दिन डोमन साह नेतृत्वको समूहबाट सहसचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ