News Category 2076/02/04
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
राजविराज÷सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले आफूले कुनै भ्रष्टाचार नगरेको स्पष्ट पार्दै बम विस्फोट गराइएको घटनाप्रति खेद प्रकट गरेका छन् ।
शुक्रबार राती अध्यक्ष गोइतको बलान बिहुल गाउँपालिका २ स्थित घरमा जयकृष्ण गोइत नेतृत्वको मोर्चाले भ्रष्टाचार गरेको आरोप लगाउँदै बम विस्फोट गराए पश्चात् शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले सो स्पष्टिकरण दिएका हुन् ।
अध्यक्ष गोइतद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लाकै विकट गाउँपालिकाको रुपमा स्थापित बलान बिहुल अहिले विकासोन्मूख हुने तरखरमा रहेको बेला यस्ता बम विस्फोटले आफू अलिकति पनि विच्चलीत नभएको उल्लेख गरे । उनले भने, “गाउँपालिका जिर्ण अवस्थामा रहेको बेला विगत दुई वर्षदेखी अथक प्रयास पश्चात् विकासको कार्यहरु अगाडी बढाए र अहिले गाउँपालिकामा बिजुली बत्ति र सडक बिस्तारका कार्यहरु सम्पन्न हुने अवस्था रहेको छ ।” उनले थपे, “सबै वकासीय योजनाहरुको कार्य पारदर्शी र टेण्डर प्रक्रियाद्वारा गरिएको छ ।”
पत्रकार सम्मेलनमा अध्यक्ष गोइतले बम विस्फोटका घटनाले गाउँपालिकामा मात्र नभएर जिल्लाका सम्पूर्ण स्थानिय निकायका जनप्रतिनिधिलाई चुनौती थपिएको उल्लेख गरे ।
सोही पत्रकार सम्मेलनमा तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेरले यस्ता घटनाले जनप्रतिनिधिहरुलाई काम गर्न सकस हुने बताउँदै प्रशासनले अपराधिलाई कानुनको दायरामा ल्याउन आग्रह गरे । त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले शान्ति सुरक्षाको अनुभुती पाइरहेका जिल्लावासीले पुनः डरत्रासमा बस्ने वातावरण आउन नदिन प्रशासन चनाखो हुनुपर्नेमा जोड समेत दिए ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जनप्रतिनिधीहरुमाथी हुने यस्ता घटनाले विकासीय कार्यमा बाधा पुग्न सक्ने सम्भावना समेत रहेकोले प्रदेश र संघीय सरकारले जनप्रतिनिधिहरुको सुरक्षाको ग्यारेन्टी गर्न अग्रसर हुनुपर्ने बताए ।
जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष मनोज कुमार यादवले जनप्रतिनिधिहरु पारदर्शी रुपमा काम गरे पनि कुनै वहानामा यस्ता घटना गराउने जो सुकैलाई कानुनको दायरामा ल्याउनु पर्ने माँग गरे ।
सो पत्रकार सम्मेलनमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक यादवसमेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ