News Category 2076/02/04
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट
राजविराज÷सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राती बम विस्फोट भएको छ ।
बलान बिहुल गाउँपालिका २ स्थित घरको कम्पाउण्ड भित्र रहेको प्रतिक्षालय भवनमा शुक्रबार मध्यराती कुकर बम विस्फोट भएको हो ।
कसैले पर्खाल नाघेर प्रतिक्षालयमा बम राखेर भागेको बताउँदै अध्यक्ष गोइतले बम विस्फोटबाट नजिकैको कोठामा सुतिरहेका काका श्यामानन्द गोइत घाइते जानकारी दिएका छन् । बमको छर्रा लागेर घाइते भएका श्यामानन्दको स्थानिय किलनिकमा उपचार भइरहेको छ । यता सो बिस्फोटबाट प्रतिक्षालय भवनको छाना तथा भित्र रहेको टेबुल, कुर्सी र अन्य फर्निचरहरु नष्ट भएको छ ।
घटनाको तराईमा भुमिगत एवं सशस्त्र आन्दोलनरत जयकृष्ण गोइत अध्यक्ष रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले गाउँपालिकामा आर्थिक अनियमितता तथा मधेश मुक्तिको आन्दोलनमा असहयोग गरेकोले चेतावनी स्वरुप बम विस्फोट गराइएको जनाएका छन् । उनले अध्यक्ष गोइत नसुध्रे थप कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
यता प्रहरी उपरिक्षक राजेन्द्र विष्टले घटना शान्ति, अमनचयन र शान्त सुरक्षित बन्दै गएको वातावरणलाई बिगार्न नियतले प्रेरित भएको भन्दै अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ