News Category 2076/02/04
गाउँपालिका अध्यक्ष गोइतको घरमा गोइतले गराए विस्फोट

राजविराज÷सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राती बम विस्फोट भएको छ ।
बलान बिहुल गाउँपालिका २ स्थित घरको कम्पाउण्ड भित्र रहेको प्रतिक्षालय भवनमा शुक्रबार मध्यराती कुकर बम विस्फोट भएको हो ।
कसैले पर्खाल नाघेर प्रतिक्षालयमा बम राखेर भागेको बताउँदै अध्यक्ष गोइतले बम विस्फोटबाट नजिकैको कोठामा सुतिरहेका काका श्यामानन्द गोइत घाइते जानकारी दिएका छन् । बमको छर्रा लागेर घाइते भएका श्यामानन्दको स्थानिय किलनिकमा उपचार भइरहेको छ । यता सो बिस्फोटबाट प्रतिक्षालय भवनको छाना तथा भित्र रहेको टेबुल, कुर्सी र अन्य फर्निचरहरु नष्ट भएको छ ।
घटनाको तराईमा भुमिगत एवं सशस्त्र आन्दोलनरत जयकृष्ण गोइत अध्यक्ष रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले गाउँपालिकामा आर्थिक अनियमितता तथा मधेश मुक्तिको आन्दोलनमा असहयोग गरेकोले चेतावनी स्वरुप बम विस्फोट गराइएको जनाएका छन् । उनले अध्यक्ष गोइत नसुध्रे थप कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
यता प्रहरी उपरिक्षक राजेन्द्र विष्टले घटना शान्ति, अमनचयन र शान्त सुरक्षित बन्दै गएको वातावरणलाई बिगार्न नियतले प्रेरित भएको भन्दै अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ