News Category 2076/02/05
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय राजविराजमा खुल्दै
दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालय राजविराजमा खुल्ने भएको छ ।
पूर्वाधार तयारी विकास समितिका सदस्य सचिव तथा कार्यकारी निर्देशक सञ्जय ठाकुरले दुई तीन दिन भित्रै राजविराजमा कार्यालय खुल्ने तयारी भइरहेको जानकारी दिएका छन् । निर्देशक ठाकुरको नेतृत्वको टोली आइतबार कार्यालय सञ्चालन तथा आवश्यक तयारीका लागि राजविराज आइपुगेको छ ।
निर्देशक ठाकुरले मन्त्रिपरिषद् बैठकबाट ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समिति गठन आदेश पारित गरिसकेको जानकारी दिँदै नौं सदस्यीय समितिमा पदेन सदस्यको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी र सदस्यको टुङ्गो लागेपछि समितिले पूर्णता पाउने बताए ।
हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारी रणनीति अनुसार प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागिएको हो ।
२०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० मा ६२ विगहा जग्गा समेत उपलब्ध गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ