News Category 2076/02/05
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
चन्दनकुमार यादब
राजविराज, ५ जेठ ।
सप्तरीको तिलाठीकोईलाडी गाँउपालिका वडा नम्वर १ तिलाठी जेठ १० गते वालविवाह मुक्त वडा घोषणा हुने भएको छ ।
आईतवार तिलाठीकोईलाडी गाँउपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्रको अगुवाईमा गरिएको अनुगमनमा आव ०७५÷०७६ बैशाख सम्ममा २८ वटा विवाह सम्पन्न भएको त्यस मध्ये कसैको वालविवाह नभएको पाईएकोले वडा घोषणा गर्न लागेको जनाइएको छ ।
वालसंरक्षण नीति अनुरूप त्यस वडाको केटा र केटीको १८ बर्ष मुनीका कुनै पनि विवाह नभएको अनुगमनवाट देखिएपछि अबको दिनमा २० बर्ष उमेर नपुगी केटा र केटीको विवाह नगर्ने प्रतिवद्धता जनाएपछि वडा घोषणा गर्न लागेको गाउपालिका उपाध्यक्ष सुचिता यादबले बताईन ।
यस वडाको तिलाठी, बेल्ही, रामटोल र विभिन्न बस्ती को ९ सय ३२ घरधुरीमा तीन दिनदेखि गरिएको अनुगमन २८ वटा बिवाह भएको तर, त्यसमा कुनै केटाकेटीको वालविवाह नभएकोले स्पष्ट देखिएपछि वडा वालबिवाह मुक्त वडा घोषणा गर्न लागेको वडा सचिव मिथलेश झाले बताए ।
वालविवाह मुक्त घोषणाका लागी त्यस बस्तीमा बालविवाह नगर्न भिडियो प्रदर्शन, जनचेतना मुलक ¥याली, अन्तरक्रिया तथा विभिन्न चेतनामेलक कार्यक्रम गर्दै आएको सेभ द सप्तरीका फिल्ड सुपरभाईजर दुर्गानन्द शर्माले जानकारी दिएका छन् ।
तिलाठी कोईलाडी गाउपालिकाको सहकार्य तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा समुन्नती कार्यक्रम अन्तर्गत आयोजित अनुगमन टोलीमा तिलाठी कोईलाडी गाउपालिका उपाध्यक्ष सुचिता यादब, वडा अध्यक्ष दिनेश्वर मिश्र, वडा सचिव मिथलेश झा, गाउपालिका स्वास्थ प्रमुख दिपेन्द्र झा, स्वास्थ संयोजक शैलेश झा, बिपद ब्यबस्थापन प्रमुख राजेश झा, सेभद द सप्तरीका फिल्ड अफिसर घुरण यादब, शिक्षक रामाकान्त झा, पत्रकार चन्दनकुमार यादब, लगायत महिला स्वयमसेविका, किशोरकिशोरी, केटाकेटीहरू स्थानिय तथा भरभलादमीहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ