News Category 2076/02/07
सप्तरी प्रहरीद्वारा एक हजार पाँच सय किलो मरिच बरामद
दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
गोप्य सूचनाको आधारमा भारततर्फ अबैध रुपमा निकासी गर्न भण्डारण गर्न लागेको अवस्थामा ६० बोरा मरिच सप्तरी प्रहरीले बरामद गरेको छ ।
स.१ज. ४४८ नं. को टाटा पिकअप गाडीमा कालो मरिच लोड गरी जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका ३ पोर्ताहा स्थित सरिफ रहमानले संचालन गर्दै आएको कवाडी पसल भित्र भण्डारण गरिरहेको अवस्थामा प्रहरीले सो मरिच सोमबार बरामद गरेको हो ।
गाडीमा राखिएको मरिच भारदह क्षेत्रमा भित्राइने विषेश सूचना आएपछि सादा पोशाकमा परिचालित प्रहरीले सो मरिच कवाडी पसलबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त पिकअप गाडी सहित जिल्लाको रुपनी गाउँपालिका ५ निवासी भुपेन्द्र शर्मा समेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले अन्दाजी १३ लाख पाँच हजार मुल्य बराबरको २५ किलोको दरले ६० वटा बोरामा गरि १ हजार ५ सय किलो मरिच र टाटा पिकअप गाडीसहित इटहरी राजश्व कार्यालयमा बुझाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ