News Category 2076/02/09
खाद्य स्वच्छताका लागि सचेतना
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले जिल्ला स्थित किराना पसल, होटल, रेस्टुराँका संचालक तथा उपभोक्ता, पशुपालक र कृषक प्रतिनिधिलाई मानव, पशुपंक्षी र विरुवाको स्वास्थ्य र जीवन रक्षार्थ आवश्यक स्वच्छता सम्बन्धि सचेतना प्रदान गरेको छ ।
जिल्लामा संचालित होटल, रेष्टुराँ, किराना पसल संचालक तथा पशुपालक र कृषक प्रतिनिधिलाई उपभोक्ताले स्वच्छ खानेकुरा उपयोग गर्न पाउन तथा खाद्य ऐनमा भएका मुख्य प्रावधान र खाद्यान्न नियमावलीमा भएका व्यवस्थाबारे जानकरी गराउने उदेश्यले बिहिवार एक कार्यक्रमको आयोजना गरी सचेतना प्रदान गरेको हो ।
डिभिजन प्रमुख सुरेश प्रसाद सिंहले खाद्य स्वच्छता, पशु र विरुवा स्वस्थ्यता प्रभावकारी ढंगले कार्यान्वयन र कायम गर्न सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया मार्फत सचेतना फैलाउने प्रयास गरिएको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख विपिन ठाकुरले खाद्य ऐन तथा खाद्य नियमावलीमा भएका व्यवस्था बारे विस्तारपूर्वक जानकारी गराउँदै खाद्य पदार्थ आयात निर्यात गर्दा सम्बन्धित कार्यालयबाट प्रमाणिकरण गराउन व्यवसायीहरुलाई सुझाव पनि दिए ।
उनले खाद्य स्वच्छता कायम गर्न व्यपारी र उपभोक्ता दुवै सचेत हुनु पर्नेमा जोड दिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख भागिरथ यादव, उपभोक्ता मञ्चका महासचिव शुत्रघ्न देव, उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पशु ज्ञान केन्द्रका प्रमुख प्रमेश्वर यादव, डिएसपी भावेश रिमाल, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले खाद्य वस्तुमा स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ तथा सुविधा कायम राख्न बाञ्छनिय भएको भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ