News Category 2076/02/09
तिलाठी कोइलाडीमा सतप्रतिशत किशोरी विद्यालय भर्ना
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
सप्तरीको चार स्थानिय तहमा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तरगत ९ सय ५१ किशोरी मध्ये ८ सय ८७ किशोरीहरु विद्यालय भर्ना भएका छन् । जसमध्ये जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा सतप्रतिशत किशोरीहरु विद्यालय भर्ना भएका छन् ।
दातृ निकाय युनिसेफको सहयोग, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना तथा तिलाठी कोइलाडी गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकाको समन्वयमा उक्त किशोरी शिक्षा कार्यक्रम संचालित भएको हो ।
संचालित किशोरी शिक्षा कार्यक्रम अन्तरगत तिलाठी कोइलाडी गाउँपालिकामा विद्यालय बाहिर रहेका १० वर्षदेखी १४ वर्षसम्मका २ सय २८ किशोरीहरुलाई १० वटा केन्द्रमार्फत अनौपचारिक शिक्षा प्रदान गरि सबै किशोरीहरु विद्यालय भर्ना भएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
यस्तै डाक्नेश्वरी नगरपालिकामा २ सय ४६ मध्ये २ सय ३७, छिन्नमस्ता गाउँपालिकामा २ सय ३४ मध्ये २ सय २५ र राजविराज नगरपालिकामा २ सय ४४ मध्ये २ सय २६ जना किशोरीहरु विद्यालय भर्ना भएको बिहीबार राजविराजमा आयोजित समिक्षा बैठकमा सो जानकारी दिइएको हो ।
सोही बैठकमा अनौपचारिक शिक्षा लिएका बाँकी ६४ जना किशोरीहरु विभिन्न आन्तरिक कारणले विद्यालय भर्ना हुन सकेको जानकारी दिइएको छ ।
४० सहयोगि कार्यकर्ता र ४ सुपरभाइजहरुले ति किशोरीहरुलाई किशोरी शिक्षा सम्बन्धी आधारभुत तथा पुनरताजगी तालिम दिइएको तथा ९ सय १५ जना किशोरीहरले शिक्षा पुरा गरेको युनिसेफका किशोरी शिक्षा कार्यक्रम व्यवस्थापक रुपक पाण्डेले जानकारी दिएका छन् ।
शिक्षामा बालिकाहरुको पहुँच कार्यक्रम अन्तरगत युनिसेफले सन् २०१८÷१९ मा प्रदेश २ का पाँच जिल्लामा सो कार्यक्रम ९ महिना संचालन गरेको थियो । जसको मुल लक्ष्य किशोरीहरुको शिक्षाको अधिकारलाई सुनिश्चित गरि औपचारिक शिक्षाको मुलधारमा ल्याउनु रहेको युनिसेफका प्रदेश २ की शिक्षा कार्यक्रम अधिकृत बिमला मानन्धरले बताईन् । आधारभुत शिक्षा लिइसकेपछि किशोरीहरुलाई उनीहरुको सक्षमताका आधारमा कक्षा ३ देखी ५ कक्षामा भर्ना गरिएको उनले बताईन् ।
सामाजिक संस्था जिल्ला समनवय समिति पर्साका इब्राहिक देवानको अध्यक्षतामा तथा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य आयोजित समिक्षा बैठकमा युनिसेफका प्रदेश २ की शिक्षा कार्यक्रम अधिकृत बिमला मानन्धर, कार्यक्रम व्यवस्थापक रुपक पाण्डे, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, किशोरी शिक्षा कार्यक्रमसँग आवद्ध सम्पूर्ण सहयोगि कार्यकर्ता र सुपरभाइजर तथा किशोरीहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ