News Category 2076/02/10
तिलाठी वालबिवाह मुक्त वडा घोषणा

चन्दनकुमार यादव
राजविराज, १० जेठ ।
प्रदेश २ का भुमी ब्यबस्था, कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले बालबिवाह, दहेज अन्त्य गर्नका लागि समाजिक स्तरवाट अभियान चलाउनुपर्नेमा जोड दिएका छन ।
शुक्रवार सप्तरीको तिलाठी कोईलाडी गाउपालिका कै पहिलो वडा १ तिलाठी बालविवाह मुक्त वडा घोषणा कार्यक्रम उनले सो कुरा बताएका हुन् ।
मन्त्री साहले गाउँपालिकाको प्राङ्गणमा चन्दनको रूख रोपेर वालमुक्त वडा घोषणा गरे । वालविवाह समाजिक अपराध भएकोले वालविवाह न्यून गर्न र दहेज प्रथालाई हटाउन समाजिक अभियान नै आबश्यक रहेकोमा उनले जोड दिए ।
दहेज प्रथा समाजका अभिसाप भएको भन्दै यस्ता बिकराल समस्यालाई हटाउन परिवार र समुदायवाट नै एकजुट भई स्वच्छ समाज निर्माण गर्नुपर्ने उनले बताए ।
मधेसमा अधिकांश गरिव, दलित परिवारका वालवालिकाहरूको बिचमै पढाई छोडाएर विवाह गर्दिनाले ४० प्रतिशत शिक्षाको दर रेट घटेको भन्दै “बेटी पढाउ बेटी बचाउ” अभियानले समुदायमा देखिएका कुरितिलाई हटाउन सकिने बताए ।
समाजवादी पार्टी नेपालका नेता समेत रहेका मंन्त्री साहले वालवालिकाहरूको उचित शिक्षा दिई उनीहरूको उज्जवल भविश्यका लागि आत्मनिर्भर बनाई २० बर्ष पूरा नगरी बिवाह नगर्न सबैलाई आग्रह समेत गरे ।
२० बर्ष मुनीका केटा र केटीको कुनै पनि विवाह नभएको र अबको दिनमा २० बर्ष उमेर नपुगी केटा र केटीको विवाह नगर्ने प्रतिवद्धता जनाएपछि वडा घोषणा गरिएको गाउपालिका अध्यक्ष सतिश कुमार सिँहले जानकारी दिए ।
यस्तै तिलाठी, बेल्ही, रामटोल र विभिन्न बस्ती को ९ सय ३२ घरधुरीमा २८ वटा बिवाह भएको र त्यस मध्ये कसैले २० बर्ष मुनीका वालवालिकाहरूको बिवाह नभएको वडा अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिएका छन् ।
घोषणा समारोहमा बोल्दै प्रजिअ सुरेन्द्र पौडेल वालबिवाह गर्नु भनेको समाजिक अपराध भएकोले बालवालिकाहरूको भबिश्यलाई नजर अन्दाज गरि उनीहरूको शिक्षादिक्षा तर्फ पहिलो प्राथमिता दिनुपर्नेमा जोड दिए ।
सप्तरी प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले वालविवाह रोक्न, परिवार र समुदायबाट नै सक्रिय बनाई समुदायमा त्यस्ता वालविवाह बिरूद्व अगाडि बढनु आबश्यक रहेको बताए ।
वालविवाह मुक्त वडा घोषणाका लागी त्यस बस्तीमा बालविवाह नगर्नका लागि भिडियो प्रदर्शन, जनचेतनामूलक ¥याली, अन्तरक्रिया तथा चेतनामेलक कार्यक्रम गरेको सेभ द सप्तरीका फिल्ड अधिकृत घुरण यादबले जानकारी दिए ।
तिलाठी कोईलाडी गाउपालीकाको आयोजनामा तथा सेभद चिल्ड्रेन र सेभद सप्तरी वडा १ तिलाठीका अध्यक्ष दिनेश्वर मिश्र, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, उपाध्यक्ष सुचिता यादब, प्रहरी उपरिक्षक राजेन्द्र बिष्ट, वडा अध्यक्ष लक्ष्मी मण्डल सेभद द चिल्ड्रेनका रचना थापा, बाल संजालका अध्यक्ष गोपाल मण्डल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ